• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरा विमान दुघर्टनाबारे अन्तर्राष्ट्रिय मिडियाले के लेखे ?

  • वीरगंज संजाल
  • १ माघ २०७९, आईतवार २०:४०
  • १४३७

    काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पोखरामा भएको यती एयरको विमान दुर्घटनालाई प्राथमिकता साथ प्रकाशन तथा प्रसारण गरेका छन् । आइतबार बिहान दुर्घटनामा परेको विमानमा ५३ नेपालीसहित १५ जना विदेशी नागरिक थिए । जसमा पाँच भारतीय, चारजना रुसी नागरिक थिए । यसैगरी आयरल्यान्ड, फ्रान्स, अर्जेन्टिना र अस्ट्रेलियाका एक–एक जना सवार थिए ।

    बेलायती समाचार संस्था बीबीसीको अनलाइन संस्करमा विमान दुघर्टनाबारे विस्तृतमा समाचार प्रकाशित भएको छ । बीबीसी पत्रकार एओइफ वाल्सले लेखेको समाचारमा काठमाडौंबाट पर्यटकीय नगर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा आगलागी भएको बताइएको छ ।

    यसैगरी, रुसको सरकारी समाचार एजेन्सी तासले पनि पोखरा दुघर्टनालाई लिएर समाचार छापेको छ । समाचारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पोखरा नजिकै भएको विमान दुर्घटनामा नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई समवेदना पठाएको क्रेमलिनको वेबसाइटमा उल्लेख रहेको बताइएको छ ।

    समवेदनामा भनिएको छ, “पोखरा सहर नजिकै भएको यात्रुवाहक विमान दुर्घटनाका लागि मेरो गहिरो समवेदना स्वीकार गर्नुहोस् । यस दु;खद क्षणमा विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूका परिवार र साथीहरूप्रति हार्दिक समवेदना र समर्थनको शब्दहरू व्यक्त गर्छु ।”

    तर, समाचारमा रुसले आफ्ना चारजना नागरिकको बारेमा भने केही भनेको छैन ।

    अधिकांश भारतको मुलधारका मिडियाले जहाज दुघर्टनाको समाचार प्रकाशन तथा प्रसारण गरेका छन् । जी न्युजले आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको जहाज घटना भएदेखि नै लगातार प्रत्यक्ष अपडेटहरू दिइरहेको छ । जी न्यूजमा भारतले आइतबार (१५ जनवरी, २०२३) नेपालको पोखरामा पाँच भारतीयसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि ‘स्थिति अनुगमन’ गरिरहेको बताएको छ । हेल्पलाइन नम्बरहरू जारी गर्दै, काठमाडौंस्थित भारतीय दूतावासले पनि स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको जानकारी दिएको छ ।

    अमेरिकी समाचार संस्था सीएनएनको अनलाइन संस्करणमा विमान दुघर्टनाबारे विस्तृतमा लेखेको छ । सीएनएनले दुघर्टनमा सगरमाथासहित विश्वका १४ वटा अग्लो हिमालमध्ये आठवटा अग्ला हिमालय देश नेपालले हवाई दुर्घटनाको रेकर्ड राखेको बताइएको छ । समाचारमा गत मे महिनामा २२ यात्रु बोकेको तारा एयरको विमान करिब १४ हजार ५ सय फिटको उचाइमा रहेको हिमालय पहाडमा दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ । सो दुघर्टना १० वर्षमा नेपालको १९ औँ विमान दुर्घटना र सोही अवधिमा १० औँ घातक विमान दुर्घटना भएको एभिएसन सेफ्टी नेटवर्क डाटाबेसले उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

    चिनियाँ समाचार संस्था सिन्ह्वा नेटले काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान अवतरण हुनु केही मिनेटअघि नै दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलालाई उद्धृत गर्दै जानकारी दिएको छ ।

    यस्तै, कतारमा रहेको अलजजिराले पनि प्रमुखताका साथ यसको अनलाइन संस्करणमा यती विमा दुघर्टनाबारे दिनभरि नै समाचार अपडेट दिएको थियो । अलजजिराले जहाज दुघर्टना हुँदा पोखराका स्थानीयहरूले मौसम र दृश्य ‘राम्रो’ भएको जनाएको उल्लेख गरेको छ । अलजजिराले पनि सन् २०१८ मा भएको ढाकाबाट यूएस–बंगला ड्यास ८ टर्बोप्रपको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा भएको भयावह दुघर्टनाबारे उल्लेख गरेको छ । सो घटनामा विमानमा सवार ७१ जना मध्ये ५१ जनाको मृत्यु भएको थियो ।

    अहिलेसम्म विदेशी नागरिकहरूको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । उनले भनेका छन्, “दुघर्टनामा परेका देशका दूतावासहरूले आफ्ना नागरिक हो कि होइन भनेर पहिचान गर्न केहीको नाम जाँच्न फोन आएको छ । तर अरू कुरा भने केही थाहा भएन ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑