वीरगञ्ज । पर्साको जिराभवानी र पटेर्वासुगौली गाउपालिकामा आज माघी (खिचडी) महोत्सव एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थारू संस्कृति तथा उत्थान मञ्च शंकरसरैयाको आयोजना तथा जिराभवानी गाँउपालिकाको सहयोगमा माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न हो । वडा नं. ५ का वडाध्यक्ष दारा सिंह राउत थारुको सभापतित्व तथा प्रदेश सभासद शंकर चौधरीको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न भएको हो । कार्यक्रम थारुको परम्परागत पहिरन, पौराणिक कालदेखि प्रयोग गर्दै आए बिभिन्न सामग्रीहरुको प्रदर्शन गरिएका थिए । सोही कार्यक्रममा थारु संस्कृति अन्तर्गत लोप हुदै गएका झमटा, घाटो लगायतका गित प्रदर्शश गरिएका थिए ।
कार्यक्रममा माछा, घोगी, परेवाको मासु, केखडा (गगटा) लगायतका खानाका परिकारहरुको स्टल लगाईएको थियो । कार्यक्रममा गाउपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय थारु गायक खेम चौधरी, अन्जु कुस्मी, अस्मिता चौधरी प्रस्तुति प्रदर्शन गरेका थिए । उता पटेर्वा सुगौली गाँपालिकाÞमा पनि दोस्रो माघी खिचडी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन । गाउपालिकाको सहयोग तथा माघी मूल समारोहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएका हो । गाँउपालिका अध्यक्ष दिनेश कचमार चौधरीको सभापतित्व तथा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा थारु जातीले प्रयोग गर्दै आएका हलो, माछा मार्ने जाल, खोकी, डेली, बेवा तथा डोकनी ( काठको बर्तन) प्रदर्शनीमा राखिएका थिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, परमेश्वर महतो, मचकेश गौरोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कलाकार बीर चौधरी, समु चौधरी, बिरु चौधरी, मुस्कान चौधरी र नेपाली निरहुवाले गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसैविच माघी महोत्सव को अवसरमा जिराभवानी गाउपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । संयुक्त यूवा समाज पर्सा र थारु संस्कृति तथा उथान मन्चको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको थियो । सो कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन । त्यस्तै माघीकै आवसरमा पटेर्वा सुपौलीमा रक्तदान गरिएको र कार्यक्रमा ५ महिला सहित एक सय जनाले रक्तदान गरेका थिए ।