वीरगञ्ज । राष्ट्र सेविका नेपाल वीरगंजको आयोजनामा ७ दिने महिला प्राथमिक शिक्षा वर्ग प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । वीरगञ्जमा भएको प्रशिक्षण समापन कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले प्रशिक्षणमा सिकेका कुरा दैनिक जीवनमा प्रयोगमा ल्याउन आग्रह गरेका थिए ।उनले महिला दिदी बहिनीलाई सक्षम बनाउन प्रशिक्षणले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै यस्तो प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
वीरगञ्जस्थित पशुपति शिक्षा मन्दिरमा गएको २३ गतेदेखि सुरु भई ७ दिनसम्म चलेको शिविरमा पर्सा, बारासहित विभिन्न जिल्लाबाट ६४ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।
जसमा १३ वर्षकी किशोरी देखि ६७ वर्ष उमेरसम्मका महिलाले प्रशिक्षण लिएका छन् । प्रशिक्षार्थीहरुले परेड प्रदर्शन गर्नुका साथै योग तथा प्रणायाम अभ्यासहरु प्रस्तुत गरेका थिए ।
सहभागिहरुलाई आफ्नो सुरक्षाका साथै धार्मिक गतिबिधिका बारेमा प्रशिक्षण दिइएको वर्गाधिकारी शशिलता गिरीले जानकारी दिइन ।
राष्ट्र सेविका नेपालकी राष्ट्रिय सञ्चालिका शुभद्रा पौडेलको सभापतित्वमा सम्पन्न समापन समारोहमा विश्व हिन्दु परिषद नेपालका महासचिव प्रह्लाद रेग्मी, उद्योगी अशोक वैद्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेखा वर्णवालले गरेकी थिइन ।