बिरगंज ।अजित कुमार भुजेल। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया-२ को आयोजनामा तथा अल मंसुर फाउण्डेसन र राईजिङ्ग बीरगंज नेपाल छपकैया -२ को विशेष सहयोगमा न्यानो कम्बल र सल बितरण गरेको छ ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२ छपकैया स्थित घुसुकपुर टोलमा गरिब बिपन्न परिवारहरुलाई न्यानो कम्बल बितरण गरेको हो। सो कार्यक्रममा ५० थान कम्बल र ५४ थान सल गरि जम्मा १०४ थान बितरण गरिएको सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो। सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बडा समिति कार्यालय बडा नं.२ का बडा अध्यक्ष महमद रेयाज मिया तेली ,
बिशिस्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्र.नि.मनिषा लौडारी , बडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि बिशाल मल्ल, सामुदायिक सेवा केन्द्रका संरक्षक श्याम शर्मा , अल-मंसुर फाउन्डेशनको अध्यक्ष जेयाहुल हक समानी,सामुदायिक सेवा केन्द्रका बरिष्ट उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह , सचिव प्रबिण बिक्रम शाह ,सदस्य अजित भुजेल, सामुदायिक प्रहरीका प्र.स.नि.ईन्दीवर चौधरी,प्र.ह.देवेन्द्र कुमार पटेल लगायतको उपस्थिति रहेको थियो ।