वीरगंज । लमजुङमा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेको एकजना पक्राउ परेका छन् ।
राईनास नगरपालिका–९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३६ वर्षीय वेलराम गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
२०७४ साउन ११ गते हितमान श्रेष्ठलाई हत्या गरी फरार रहेको वेलराम गुरुङलाई चितवन भरतपुर महानगरपालिका–१६ स्थितमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।