वीरगंज । प्रहरीले अवैध रुपमा लगाईएको दुई कठ्ठा अवैध अफिम खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाङ्गाबाट प्रहरी नायव निरीक्षक रविन्द्र खड्काको नेतृत्वको गएको प्रहरी टोलीले उक्त दुई कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो ।
प्रहरीले सखुवाप्रसौन गाँउपालिका वडा नं. १ दोहरी टोलमा लगाईएको अफिम खेती बुधबार दिउँसो ३ बजेतिर आगो लगाएर नष्ट गरेको हो ।
सो खेतमा कसले अफिम खेती गरेको हो र जग्गाधनी को हो तथा उनको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।