• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रअ नियुक्तिमा विवाद, नगरपालिका घेराउ गर्दै नाराबाजी

  • वीरगंज संजाल
  • २६ पुष २०७९, मंगलवार १९:२०
  • २२२१

    वीरगंज । नगरको शिक्षा क्षेत्रमा राजनीति बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार झापाको शिवसताक्षी नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका छन्। आक्रोशित बनेका विद्यार्थीहरूले नगरपालिकाको मुख्य प्रवेशद्वारको ढोका समेत भत्काइदिएको छ। शिवसताक्षी-११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवाद बल्झिएसँगै नेवि संघ झापाका सहसचिव राजेन्द्र उप्रेतीको नेतृत्वमा गएका विद्यार्थीहरूको टोलीले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए। विद्यार्थीहरूले शिक्षा अधिकारी राजीनामा दे, शिक्षामा राजनीतिकरण बन्द गर, तानासाही मुर्दावाद, विधिको शासन पालना गर भन्दै नाराबाजी गरेका थिए। विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि नगरपालिकाभित्र व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रअ नियुक्तिका विषयमा विद्यार्थीहरूले नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिएसँगै त्यसको समाधानका लागि नगर प्रमुख मेगाहांग थोप्रा (रोशन)ले तत्काल सरोकारवालासहितको सर्वपक्षीय बैठक बोलाएका थिए। सो बैठकमा नगर प्रमुख थोप्राले राष्ट्रिय रमणीय आदर्श माविको प्रअ नियुक्तिको विवाद सात दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएपछि नेवि संघले आन्दोलन स्थगन गरेको जनाइएको छ।

    यता राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक कालीप्रसाद रिजालको स्वैच्छिक अवकाशपश्चात् विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण शिक्षक लालमणि सुवेदीलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद सुरु भएको थियो। कक्षा १२ सम्म सञ्चालित विद्यालयमा माथिल्लो योग्यता भएको शिक्षक हुँदाहुँदै स्नातकतह मात्र शैक्षिक योग्यता भएका शिक्षक सुवेदीलाई प्रअको जिम्मेवारी दिएपछि विवाद झन् पेचिलो बन्दै गइरहेको थियो। विद्यालय व्यवस्थापन समितिले सुवेदीलाई प्रअ पदमा नियुक्ति गरेको निर्णय गरेको थियो। तर शिवसताक्षी नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापकको जिम्मेवारी विद्यामान शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ (संशोधन सहित) ९३ (३) बमोजिम प्रअ नियुक्ति प्रक्रिया पुरा नभई आएको देखिएकाले सो प्रक्रिया पूरा गरी प्रअ नियुक्ति भएको खण्डमा खाता सञ्चालक परिवर्तन गर्न सिफारिस दिन सकिने पत्र विद्यालय व्यवस्थापन समितिलाई पठाएको थियो। विद्यालयमा पत्र पुगेपछि पुस १ गते विद्यालय व्यवस्थापन समितिको बैठकले निमित्त प्रअ हुनुपर्नेमा भाषिक त्रुटि भएको भन्दै निर्णय सच्याएको थियो। तर, विद्यालयमा कार्यरत शिक्षक श्रीप्रसाद खरेलले आफू प्रअका लागि योग्य भएको भन्दै दाबी प्रस्तुत गर्दै आइरहेका छन्।

    खरेल २०६१ बैशाख ३१ गते माध्यमिक तहमा स्थायी नियुक्ति भएका हुन् भने सुवेदी मिति २०६१ जेठ २० गते स्थायी नियुक्त भएको शिक्षा शाखाको रेकर्डमा उल्लेख छ। यता नेपाली कांग्रेस नगर समितिले सोमबार मात्रै शिवसताक्षी नगरपालिकामा ध्यनाकर्षणपत्र बुझाएको थियो। राष्ट्रिय रमणीय आदर्श मावि प्रअ नियुक्तिको विषयलाई लिएर नगरपालिकाले गरेको निर्णय सच्चाउन माग गर्दै कांग्रेसले ध्याकर्षणपत्र बुझाएको थियो। नगर कार्यपालिकाको बैठकले प्रअ विवाद नटुङ्ग्याउँदै विद्यालयका लेखापाल र नगर शिक्षा शाखा कर्मचारीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गरी शिक्षकको तलब भुक्तानी गर्न बाटो खुल्ला गरिदिएको थियो। तर, नगरपालिकाको सो कदम कानुन विपरीत रहेको भन्दै नेपाली कांग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीलाई तथा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ। कांग्रेसले निमित्त प्रअ सुवेदीको हस्ताक्षरबाटै विद्यालयको खाता सञ्चालन गरी विद्यालयको दैनिक प्रशासनिक कामकाज सहज ढंगबाट सञ्चालन गराउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑