वीरगञ्ज । लागुऔषध ओनेरेक्ससहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले लागुऔषधसहित मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने सौराज लामा र बिष्णु बलामीलाई पक्राउ गरेको हो ।
बाराको प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोल स्थित आवत जावत गर्ने सवारी साधनहरू चेकजाँच गर्ने क्रममा दुबैजनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आएको ना १५ प ८८५५ नम्बरको मोटरसाइकलमा सवार दुबैजनालाई चेकजाँच गर्दा सिटमु्नि लुकाई राखेको अवस्थामा प्रहरीले ३२ बोतल लागुऔषध ओनेरेक्स बरामद गरेको थियो । पक्राउ परेका दुबैजनलाई लागू औषध मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।