इस्लामावाद । पाकिस्तानमा बस र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति उक्त दुर्घटना भएको हो।
राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो। मृतक र घाइतेहरूलाई अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई बताएका छन्। पाकिस्तानमा प्रायः सडक मुख्य कारण जीर्ण सडक र सडक सुरक्षाका उपायको अवलम्वनको कमी नै हुने गरेको अनुसन्धानले देखाएको छ।