वीरगंज । रोकिराखिएको टिपरमा ठोक्किएर आइतबार सप्तरीमा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खडग नगरपालिका-११ बनौलीका २० वर्षीय बैजु भनिने बैजनाथ चौधरी र डाकनेश्वरी नगरपालिका-१० का २२ वर्षीय रमाकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
खडग नगरपालिका-११ को वडा कार्यालयदेखि पूर्वहुलाकीमार्ग खण्डमा बिग्रेर रोकिराखिएको स १ ख ९२८ नम्बरको टिपरमा राजविराजतर्फ आउँदै गरेको बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल पछाडिबाट टिपरमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
दुवै मोटरसाइकलमा पछाडि सवार रहेका सुमन चौधरी र बुधन चौधरी घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।