वीरगंज । वीरगञ्जसहित तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू–भागमा बिहानैदेखि कुहिरो÷हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शीतलहर भने केही कम भएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू–भाग भने सफा रहेनछ । तराईमा आज रातिसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । त्यसपछि भने विस्तारै कम हुने अनुमान महाशाखाको छ ।
महाशाखाका अनुसार सोमबार भने सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । आज तराई क्षेत्रमा बाक्लो हुस्सु लागेकोले यहाँको जनजिवनसमेत प्रभावित भएको छ ।