• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काममा फर्किए सिर्सिया सुक्खा बन्दरगाहका भन्सार एजेन्ट, प्रतिनिधि

  • वीरगंज संजाल
  • २२ पुष २०७९, शुक्रबार १८:२६
  • १४४९

    वीरगंज । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्ट, तिनका प्रतिनिधि र सहयोगीहरु पुन: काममा फर्केका छन् । भन्सार कार्यालयको कार्यशैलीप्रति बिमति जनाउँदै बिहीबारदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका उनीहरुले शुक्रबार साँझ ४ बजेदेखि काम सुरु गरेका छन् ।वीरगन्ज भन्सार एजेन्ट संघका प्रतिनिधि र प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीसहितका भन्सार अधिकृतबीचहरुबीच बिहीबार दिउँसो करिब १ बजेदेखि भएको वार्ता निष्कर्षमा पुगेपछि भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधि तथा सहयोगीकाममा फर्किएका हुन् ।

    संघका कार्यवाहक अध्यक्ष निर्मलप्रसाद कुर्मीले बिहान १० देखि साँझ ५ बजेसम्म ग्रिनलेन राख्ने, मूल्यांकन फाँट भिन्दै राख्ने, भन्सार कर्मचारीहरुले आफ्नो बोली व्यवहार सुधार्नेलगायत सहमति भएको बताए । ‘भन्सार पक्षले हाम्रो प्रायः सबै माग सम्बोधन गर्न सहमत भयो,’ उनले भने, ‘हामी साँझ ४ बजेदेखि काममा फर्किएका छौं ।’वीरगन्ज भन्सार एजेन्ट संघ पर्साले बिहीबार प्रमुख भन्सार अधिकृत भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै संघको काम ठप्प पारेका थिए । संघका मागहरुमा भन्सार कर्मचारीहरुले आफूहरुलाई हप्काउने प्रवृत्ति रहेकाले कर्मचारीले आफ्नो ओहदाभित्र रही काम गर्नु पर्ने, भन्सारले व्यापारमा सहजीकरण गर्नु पर्नेमा जटिल झमेला गराई आयातकर्ताले मालबस्तु अर्को नाकाबाट लग्न थालेकाले त्यस्तो अवस्थाको अन्त्य हुनु पर्ने, यसअघि पाइरहेको पटके सुविधा सुचारु गरिनु पर्ने,

    प्रमुख भन्सार अधिकृतले दिएको जाँचपाससम्बन्धी नयाँ निर्देशन लागू हुनुपर्ने, औद्योगिक कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्यांकन हुनु पर्ने, एउटै जाँचकीले जाँचपास मूल्यांकन दुबै हेर्नु पर्ने, भन्सार ऐनमा भएको सुविधाअनुसार आंशिक पैठारी गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपानले दुवै पक्षबीच सहमति भएपछि भन्सार एजेन्ट र तिनका प्रतिनिधिहरु साँझ करिब ४ बजेबाट काममा फर्किएको बताए । उनले संघका प्रायः सबै माग सम्बोधन गरिएको बताए । सामान्य अवस्थामा यो भन्सारले दैनिक सरदर ११ करोड रुपैयाँ राजस्व संकलन गर्छ । तर, बिहीबार भने राजस्व संकलनसमेत प्रभावित भयो । बिहीबार ८ करोड ६६ लाख रुपैयाँमात्र राजस्व संकलन भएको न्यौपानेले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑