• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धरानमा करको दायरा विस्तारमा सक्रियता बढ्यो

  • वीरगंज संजाल
  • २२ पुष २०७९, शुक्रबार १७:५७
  • १४७७

    धरान । धरान उपमहानगरपालिकामा करको दायरा विस्तार गरिएको छ। विना दर्ता कारोबार गरिरहेका व्यापारीहरूलाई आन्तरिक राजस्व कार्यालय धरानले करको दायरामा ल्याएसँगै करको दायरा विस्तार भएको हो। लक्ष्य अनुसारको कर संकलन गर्न आन्तरिक राजस्व कार्यालय धरानले प्रदेश १ का सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा कर्मचारी परिचालन गरिएको आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए। धरान लगायतका स्थानमा विगत लामो समयदेखि विना दर्ता सञ्चालनमा आएका सूर्ति पसल, तरकारी पसल, सामुदायिक वनहरूलाई सरकारको नियम अनुसार करको दायरामा ल्याइएको आचार्यले बताए। आचार्यका अनुसार विना दर्ता आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर (पान) लिएर मात्र कारोबार गर्न उनीहरूलाई करको दायरामा ल्याइएको छ।

    विना दर्ता सूर्तिजन्य वस्तुको कारोबार गर्ने ४ सय ७२ जना अन्तशुल्क इजाजत प्रदान गरी करको दायरामा ल्याइएको प्रमुख कर अधिकृत आचार्यले बताए। करको दायरामा आएका व्यापारीहरूबाट ९ लाख ४४ हजार राजस्व संकलन गरिएको उनले बताएका छन्। त्यस्तै धरानका २८ वटा सामुदायिक वनहरूलाई पनि करको दाहेरामा आउन अनुरोध गरिएको आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत सुरज पौडेलले बताए। उनले धरान र बराहक्षेत्रका खानेपानी उपभोक्ता समितिलाई समेत करको दाहेरामा ल्याइएको बताए। धरानको कृषि उपज बजार र सब्जी मण्डिमा सञ्चालनमा रहेका २१ जना भारतीय सहितका व्यवसायीहरूलाई करको दाहेरामा ल्याएको छ। उनले राजस्व चुहावट नियन्त्रणका लागि चालु बजेटले मार्गनिर्देश गरे अनुरूप सघन रूपमा बजार अनुगमन गर्न जुनसुकै समयमा पनि कर्मचारी परिचालन गरिने बताए। आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ९५ जना करदाताहरूको कारोबार स्थलमा अनुगमन गरेर नियम अनुसार जरिवानाबाट ९ लाख १० हजार रूपैयाँ राजस्व संकलन गरिएको बताए।

    आन्तरिक राजस्व कार्यालय धरानले प्रदेश १ को धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम जिल्लामा करदाता सेवा कार्यालय मार्फत सेवा र कर संकलनको काम गर्दै आएको छ। राजस्व कार्यालयले विगतमा राजस्व जोगिमका दृष्टिबाट छनौट भएका करदाताहरूको कर परीक्षण र अनुसन्धान कार्यलाई प्राथमिकताका साथ अगाडि बढाई लक्ष्य अनुसारको कर संकलनका लागि कर्मचारीहरू परिचालन गरिएको प्रमुख कर अधिकृत आचार्यले बताए। विगत लामो समयदेखि कर बक्यौता रहेका करदाताहरूलाई अन्तिम तहको कानुनी कारबाहीमार्फत बक्यौता असुल गरिएको बताए। उनले कर बक्यौता गर्ने मूल्यअभिवृद्धि तर्फका ४१ करदाता र आयकर तर्फ २० करदाताहरूको बैंक खाता रोक्का गरी थप सम्पत्ति रोक्का लगायतको कानुनी कारबाही अगाडि बढाइएको बताए। उनले कर्मचारी परिचालन गरेर बक्यौता रहेको २ करोड ८६ लाख ४९ हजार रकम संकलन गरिएको बताए। पाँच लाखभन्दा बढी बक्यौता रहेका करदाताहरूलाई तत्काल राजस्व जम्मा गर्न निर्देशन गरिएको प्रमुख कर अधिकृत आचार्यले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑