• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतबाट २ हजार ५ सय १० टन युरिया बोकेको रेल वीरगन्जका लागि हिँड्यो

  • वीरगंज संजाल
  • २२ पुष २०७९, शुक्रबार १२:४४
  • १८२५

    वीरगंज । लामो अवधिको तयारी र प्रतीक्षापछि भारतबाट नेपालका लागि पहिलो खेप युरिया मल बिहीबार कोलकाताबाट हिँडेको छ । सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडले किनेको ३० हजार टन मल ढुवानी सुरु भएको हो । २ हजार ५ सय १० टन युरिया बोकेको रेल र्‍याक वीरगन्जका लागि हिँडिसकेको कम्पनीका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जनाए । कोलकातामा रहेका कार्कीले साता–दस दिनमा पहिलो खेपमा किनिएको मल नेपाल पुगिसक्ने उनको भनाइ छ । दुई देशका सरकारबीच मल खरिद बिक्रीका लागि गत वर्ष फागुनमै सम्झौता भएको थियो । यसअघि ग्लोबल टेन्डरबाट मात्रै मल किन्ने गरिएकामा पहिलो पटक जीटूजी प्रक्रियाबाट मल आपूर्ति थालिएको हो । दुई देशका सरकारबीच भएको सम्झौतापछि कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच साउनमा खरिद–बिक्रीसम्बन्धी आवश्यक सहमति (एमओयू) भएको हो । त्यसयता भारतबाट मल खरिदको प्रक्रिया थालिँदै आएको कार्कीले बताए । ‘पहिलो पटक जीटूजीको प्रक्रिया गरिएकाले समय लागेको हो, कहिले हाम्रोतिर, कहिले भारततिर प्रक्रिया पूरा गर्दा समय लाग्न गयो,’ उनले भने ‘एक पटक थालनी भइसकेपछि आगामी दिनमा सहज हुनेछ ।’

    भारतीय कम्पनी आरसीएफले विराटनगर, वीरगन्ज र भैरहवाको सीमा क्षेत्रमा रहेका कृषि सामग्री कम्पनीको गोदामसम्म मल पुर्‍याउनेछ । सार्वजनिक खरिद ऐनका सबै प्रक्रिया पूरा गरेर ग्लोबल टेन्डरबाट मल खरिद गर्दा कम्तीमा ७ महिना लागेको कार्कीले बताए । छिटोका लागि जीटूजी प्रक्रिया नै आगामी दिनमा सहज देखिएको उनले उल्लेख गरे । ३० हजार टन खरिदका लागि ३ अर्ब २७ करोड नेपाली रुपैयाँ कम्पनीले खर्चिएको छ । आवश्यक करबाहेक प्रतिटन ६ सय ६७ डलर मूल्यमा भारतबाट मल किनिएको हो । कर थप्दा प्रतिटनको मूल्य ८ सय ९ डलर पुग्छ । ५० किलो युरियाको प्रतिबोराको खरिद मूल्य ५ हजार ३ सय रुपैयाँ पर्ने र किसानलाई उक्त बोरा ७ सय ५० रुपैयाँमा मात्रै बिक्री गरिने कार्कीले जानकारी दिए । अहिले भित्रिने युरियाले गहुँको सिजनलाई राहत हुनेछ । यसबाहेक ग्लोबल टेन्डरबाट ९० हजार टन मल खरिदको अर्डर भइसकेको र मलेसियाबाट केही दिनमा ढुवानी सुरु हुने महाप्रबन्धक कार्कीले बताए । भारतबाट ३० हजार टनको ढुवानी पूरा भएसँगै अर्को अर्डरको प्रक्रिया थालिने उनले जनाए ।

    आगामी आर्थिक वर्षको बजेटबाट खरिद गरिने मलको टेन्डर प्रक्रियाका लागि कम्पनीले सरकारसँग स्वीकृति मागेको छ । ‘सार्वजनिक खरिद ऐनमा रहेका प्रावधानले समय धेरै लिन्छ, त्यही भएर अहिलेबाटै प्रक्रिया थाल्न सहमति मागेका हौं, त्यसो हुँदा साउनमै मल ल्याउन सकिन्छ,’ कार्कीले भने, ‘धानको सिजनमा किसानलार्ई मलको सुनिश्चितता होस् भन्ने विभिन्न प्रयास गरिरहेका छौं ।’ कम्पनीले यसै वर्ष पनि मल खरिदका लागि ७ अर्ब ७५ करोड थप रकम सरकारसँग मागेको छ । सबैतिरबाट समयमै काम भए आगामी वर्ष धानको सिजनमा मलको समस्या नहुने कार्कीको दाबी छ । भारतसँग भएको सम्झौताअनुसार ५ वर्षका लागि भारत आफूले तेस्रो मुलुकबाट किनेकै मूल्यमा नेपाललाई तोकिएको अनुपातमा मल दिनेछ । सम्झौताअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग किन्न पाउनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑