वीरगंज ।आर.के.पटेल। संजयसाईं सेवा अर्गनाइजेशन नेपालद्वारा पर्साको बिरगंज महानगरपालिका वार्ड न.३१ को बेलवामा कम्बल बितरण कार्यक्रम सम्पन भएको छ ।
कार्यक्रममा गर्भवती,सुतकेरी महिला,एकल महिला, असक्त, अपंगहरुलाई यों शीतलहरको बेलामा जाड़ोबाट बचाऊंन न्यानो कम्बल ४० जनालाई बितरण गरिएको छ ।
सो कार्यक्रममा सस्थाको महिला संयोंजक लक्ष्मी पोखरेल,अध्यक्षतामा वार्ड अध्यक्ष जीतेन्द्र यादव प्रमुख आथित्वमा सस्थाको सदस्य रेखा कार्की, पर्सा श्रीमति चिकित्सक संघ को सदस्य अंजलि गुप्ता, पिया सिंह लगायत स्थानीय जनप्रतिनिधि सदस्य तथा संमाजसेवीहरु र सहजीकरण स्थानीय बुद्धिजीबी बालेश्वर प्रसाद गौरो,मोहन प्रसाद गौरो,स्थानीय प्रहरी लगायत भद्रभलादमीहरु उपस्थिति रहेको थियो ।