वीरगंज ।आर.के.पटेल। वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरु जाडोबाट बच्न आगो ताप्दै । विगत एक सातादेखि लगातार परेको शितलहरले पर्सावासीको जनजिवन प्रभावित बनेको छ।
तराईमा अझै १–२ दिन सम्म तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुने विभागले जारी गरेको शीतलहर विशेष बुलेटिनमा उल्लेख छ।
विभागका अनुसार विगत ७ दिनदेखि मध्य तराईमा दिनभरजसो हुस्सु र कुहिरो लागेको अवस्था छ।