बिरगंज । आर.के.पटेल । आज मंगलबारको दिन परिवर्तन नेपाल फाउन्डेसन संस्थाद्वारा बिरगंज महानगरपालिका वार्ड नम्बर २७ मा कपड़ा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंज महानगरपालिका वार्ड नम्बर २७ को टोल उदयपुर , कुहड़ी , घुर्मी र रामपुरमा कपड़ा बितरण भएको छ । यो कार्यक्रमको प्रमुख अतिथि श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्री डिल्ली राज सापकोटा ज्यूको नेतृतवमा कम्बल र न्यानो कपड़ा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा परिवर्तन नेपाल फाउन्डेसन संस्थाको अध्यक्ष रण्धिर वर्णवाल, उपाध्यक्ष नेहा साह, सचिव बिशेष साह, सदस्य राजू जैसवाल, कृतिका गोयल, सुमन पटेल, कृष्णा, साजन,आकाश र कार्यक्रममा सहयोग गर्ने भरत साहको उपस्तिथि रहेको थियो ।