पर्सा । सोमबारदेखि जारी शीतलहरले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो सिरेटो चल्दा अत्यधिक जाडो अनुभव गरिँदै छ । शीतलहरले बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ ।
जाडोबढेसँगे वीरगन्ज महानगरपालिकाको कार्यालयले सोमबार सूचना जारी गरी महानगर क्षेत्रका विद्यालय मंगलबारदेखि शुक्रबारसम्म बिदा दिएको छ । हिउँदे बिदामा कट्टा हुनेगरी बिदा दिइएको हो । मंगलबारदेखि महानगरका प्रायः अधिकांश सामुदायिक र संस्थागत विद्यालय बन्द छन् । जिल्ला अधिकांश गाउँ तथा नगरपालिकाका विद्यालय हाल बन्द गरिएका छन् ।
सर्वसाधारण तथा बटुवाको सहजताका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले महानगरका मुख्य मुख्य चोकहरुमा आगो ताप्ने दाउराको व्यवस्था गरेको छ । मानव सेवा आश्रम वीरगन्ज तथा स्वयंसेवी युवाहरुको समूहले रातको समयमा सडकपेटीमा सुत्नेहरुलाई न्यानो कपडा र सिरक वितरण गर्ने अभियान नै चलाएको आश्रमका अभिभावक प्रकाश थारुले बताए ।