वीरगंज । जबरजस्ती करणी मुद्दाका पक्राउ परेका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका छन् । बिहीबार दिउँसो बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको बेला अभियुक्त फरार भएका हुन् ।
फरार हुनेमा सिरहाका २० वर्षीय राममनी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ । जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरी धनुषाको नियन्त्रणमा लिएको थियो ।
प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएको वेला यादव मौका छोपी फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन । फरार यादवको खोजी कार्य तीव्र पारिएको खनालले जानकारी दिएका छन ।यस कार्यमा केही प्रहरीको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ ।