रौतहट । कुमार चन्दन । जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट जिल्ला सचिव लखिन्द्र यादवलाई पार्टीले निष्काशित गरेको छ ।
पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जिल्ला अध्यक्ष श्याम बिहारी यादवले जनाएका छन् । विधान विपरीत कार्य गरेको र पार्टीको अनुशासनहीनता कार्य गरेको हुनाले जिल्ला समन्वय समितिबाट निष्काशित गरिएको अध्यक्ष यादवले बताए ।
पार्टीबाट निष्काशित यादवसित सम्पर्क गर्दा हुन नसकेको छ । प्रभु साहले गठन गरेको आम जनता पार्टी (आजपा)तिर लाग्ने अनुमान गरिएको छ ।