गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका-५ सिलेखेत पनाह खोलामा एक महिलाको शव फेला परेको छ।
रेसुङ्गा नगरपालिका–६ लप्सीकी ५९ वर्षीय कमला खड्काको शव फेला परेको प्रहरीले जनाएको छ। खड्का शनिबार दिउँसो ३ बजे माइत जान भनी घरबाट हिँडेकी थिइन्।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तमघासमा राखिएको छ।