• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिनामिना गरेको आरोपमा कृषि सहकारीमा तालाबन्दी

  • वीरगंज संजाल
  • १८ पुष २०७९, सोमबार ११:२३
  • १५७७

    बारा । जिल्लाकै सबैभन्दा ठुलो आर्थिक कारोबार र धेरै सेयर सदस्य भएको साना किसान कृषि सहकारी संस्था लि., डुमरवानामा आर्थिक हिनामिना भएको भन्दै सेयर सदस्यहरुले तालाबन्दी गरेका छन् । साना किसान कृषि सहकारी संस्थाका महिलाहरुले आइतबार मुख्य कार्यालय डुमरवाना र सिमरा शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । संस्थामा आर्थिक हिनामिना गरेको आरोपमा बर्खास्त गरेको कर्मचारीलाई श्रम अदालतले पुनर्बहाली गरेपछि ती कर्मचारीलाई दिनुपर्ने सुविधा स्वरुपको १२ लाख ७० हजार र गत वर्ष समयमा साधारणसभा सम्पन्न नहुँदा जरिवानास्वरुप एक लाख २ हजार रुपैयाँ सदस्यहरुको बचतबाट काट्ने भएपछि सदस्यहरुले विरोध स्वरुप कार्यालयमा तालाबन्दी गरेका हुन् । साना किसान कृषि सहकारीमा १५ वर्षदेखि सेयर सदस्य रहेकी सिमराकी शान्ता सिलवालले बचतकर्ताको रकममा सञ्चालन समितिले घोटाला गरेकाले कार्यालयमा तालाबन्दी गरेको बताइन् ।

    ‘दिदीबहिनीहरुले खाई–नखाई २ पैसा हुन्छ भनेर जम्मा गरेको पैसा हिनामिना गर्न पाइँदैन, यसमा गल्ती गर्नेलाई ठोस कारवाही नभएसम्म हामी ताला खोल्दैनौं,’ सिलवालले भनिन् । सेयर सदस्य लक्ष्मी सुवेदीले सञ्चालक समितिले गल्ती गर्दै जाने अनि सदस्यहरुले पाउने मुनाफा घट्दै जाने विषय न्यायोचित नभएको बताइन् । उनले भनिन्, ‘गल्ती गर्नेबाट क्षतिपूर्ती भराउनु पर्छ भन्ने हाम्रो माग हो ।’अर्की सेयर सदस्य तिर्थकुमारी गौतमले सेयर सदस्यले पाउने लाभांश बर्सेनि घट्दै गएको गुनासो गरेकी छन् । ‘पुस मसान्तसम्म हाम्रो हिसाब किताब सबै सार्वजनिक भएन भने हामी सबै सेयर सदस्य संस्था छोड्न तयार छौं,’ गौतमले भनिन् । साना किसान कृषि सहकारी संस्था बारा जिल्लाकै सबैभन्दा ठुलो सहकारी हो । झण्डै डेढ खर्बको आर्थिक कारोबार रहेको सो संस्थामा ८ हजार ७ सय सेयर सदस्य छन् । जितपुरसीमरा उपमहानगर, निजगढ र कोहल्वी नगरपलिका गरेर ५ वटा शाखा कार्यालय सञ्चालनमा रहेको सो सहकारीमा ९२ प्रतिशत महिला सदस्य छन् ।

    संस्थाले गत वर्ष सदस्यहरुलाई १२ प्रतिशत लाभांश बाँडेकोमा यस वर्ष घटेर ९ प्रतिशतमा झरेको भन्दै सेयर सदस्यहरुले गुनासो गरेका छन् । बिगतमा १० हजार सेयर सदस्य र झण्डै २ खर्बको आर्थिक कारोवार भएको संस्थामा पछिल्लो राजनीतिक हस्तक्षेप, आर्थिक हिनामिना लगायतको विषयलाई लिएर बेला बेलामा हुने विवादका कारण सदस्य संख्या र कारोवार दुवै घटेको छ । सहकारीले सेयर सदस्यहरुको बचत रकममा ८ देखि ९ प्रतिशतमात्रै ब्याज दिने र ऋण लगानीमा भने १७÷१८ प्रतिशत ब्याज लिने गरेको छ । संस्थाका अध्यक्ष प्रदीप बरालले सेयर सदस्यको सेयर लाभांश र बचत रकम हिनामिना नभएको बताएका छन् । ‘श्रम अदालतले पुनर्बहाली गरेको कर्मचारीको हकमा संस्थाले रकम भुक्तानी गर्छ, त्यसमा सेयर सदस्यको बचत र लाभांशमा कुनै असर पार्ने काम हामीबाट हुँदैन,’ अध्यक्ष बरालले भने ।उनले संस्थाको जगेडा कोष, कर्मचारी सेवा कोष लगायतका शीर्षकबाट रकम भुक्तान गर्ने बताए । सेयर सदस्यहरुले लगाएको तालाबन्दीको सन्दर्भमा अध्यक्ष बरालले आफू भर्खरै निर्वाचित भएको र शपथग्रहण पश्चात सञ्चालक समितिको बैठक बसेर टुङ्गो लगाउने जनाए । सो सहकारीले शनिबार २६ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑