रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गरुडा नगरपालिकाको वडा नम्बर ७ दोस्तीया पिपरियाका ३० वर्षीय राम तिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तरहरि खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका पटेलको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहका अनुसार उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । घटनाको बारेमा थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।