वीरगंज । गुल्मीको मदाने गाउँपालिकामा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । मदाने गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय रमेश परियारको खुकुरी प्रहारबाट सोही वडाका १५ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका इन्स्पेक्टर कुशलसिंह ठकुरी जानकारी दिए ।
खुकुरी प्रहारबाट घाइते भएका कुँवरको दाहिने हातको कुममा गम्भीर चोट लागेको छ । विद्यालयका साथीहरुसँग पुसे पन्ध्रको वनभोज खान गएका कुँवर र साथीहरु मिलेर वनभोज गएका परियारबीच पुर्कोट दहको कङकेदेउरालीमा भेट भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पुर्कोटदहमा राखेको छ भने घाइते कुँवरको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने परियार नेपाली कांग्रेस मदाने वडा नं. ६ का सचिव भएको खुलेको छ ।