• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विदेशबाट साथमा ल्याएको फोन नेपालमा अब चल्छ कि चल्दैन, कति लाग्छ भन्सार ?

  • वीरगंज संजाल
  • १३ पुष २०७९, बुधबार १६:१०
  • २८३३

    वीरगंज । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा लागू गर्ने भएको छ । यसअघि परीक्षणको रूपमा सुरु भएको एमडीएमएसको सम्पूर्ण प्राविधिक तयारी सकिएसँगै नियामकले उक्त प्रणाली पूर्ण रूपमा लागू गर्ने भएको हो । यसको अर्थ अब पुस १५ पछि भन्सार घोषणा गरेर नल्याएका फोन एमडीएमएसमा दर्ता गर्न सकिने छैन । त्यसका लागि विदेशबाट फोन ल्याउँदा भन्सार विभागमा अनिवार्य भन्सार घोषणा गरेको हुनुपर्छ ।

    १) आफूले विदेशमा चलाइरहेको फोन नेपाल ल्याउँदा एमडीएमएस दर्ता गर्नु पर्छ ?
    फोन विदेशमै खरिद गरेर पहिलो पटक नेपालमा ल्याउँदै हुनुहुन्छ भने उक्त फोनमा नेपाली सिम प्रयोग गरेको १५ दिनभित्र दर्ता गरिसक्नुपर्छ । अन्यथा त्यसपश्चात् उक्त फोनमा नेपाली सिम चल्ने छैन । त्यस्तो फोन नेपालमा चल्ने बनाउन अनिवार्य रूपमा एमडीएमएस अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नु पर्छ । जसका लागि तपाईँलाई भन्सारको प्रज्ञापनपत्र आवश्यक हुन्छ । विदेशबाट आउँदा भन्सारमा रहेका कर्मचारीले नै भन्सार घोषणा गर्न लगाएर तपाईँलाई प्रज्ञापनपत्र दिन्छन् । यसरी आफूसँग रहेको एउटा फोनका लागि भन्सार घोषणा गर्दा तथा प्रज्ञापनपत्र लिँदा कुनै शुल्क लाग्दैन ।

    २) विदेशबाट कति ओटा फोन ल्याउन पाइन्छ ?
    व्यक्तिगत प्रयोजनका लागि विदेशबाट एउटा व्यक्तिले एउटा मात्र नयाँ फोन ल्याउन पाउने प्रावधान रहेको भन्सार विभागका प्रवक्ता पुण्यप्रसाद खड्काले बताए । त्यसबाहेक अन्य फोनका लागि भने भन्सार तिर्नुपर्ने हुन्छ । यसको अर्थ यदि तपाईँले नेपालबाट जाँदा सँगै लगेको एउटा फोन र फर्किँदा साथमा अर्को नयाँ फोन ल्याउनु भएको छ भने त्यसको पनि भन्सार तिर्नु पर्दैन । भन्सार घोषणा गरिसकेपछि प्राप्त प्रज्ञापन पत्रको आधारमा उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ ।

    ३) विदेशमा प्रयोग गरिरहेका दुई ओटा फोन नेपाल ल्याउँदा त्यसको भन्सार तिर्नुपर्छ ?
    यदि लामो समय विदेशमा बस्नु भएको छ र साथमा उतै खरिद गरेका दुई ओटा फोन छन् भने तपाईँले निःशुल्क रूपमा एउटा फोन मात्र नेपाल ल्याउन पाउनु हुन्छ । साथमा रहेको अर्को फोन नेपालमा चलाउने हो भने त्यसका लागि भन्सार र अन्तःशुल्क दुवै तिरेर प्रज्ञापन पत्र लिनुपर्ने हुन्छ ।

    ४) विदेशबाट दुई वा दुई भन्दा बढी नयाँ फोन ल्याउँदा भन्सार कति लाग्छ ?
    भन्सार विभागका प्रवक्ता खड्काका अनुसार यदि तपाईँ विदेशबाट फर्किँदा साथमा नयाँ फोन ल्याउँदै हुनुहुन्छ भने त्यसको बिल ल्याउन नबिर्सिनु होला । नेपालको एमडीएमएसमा दर्ता नभएका दुई वा दुई भन्दा बढी मोबाइल तपाईँको साथमा छन् भने एउटा मोबाइल निःशुल्क र बाँकी मोबाइलका लागि शुल्क तिरेर प्रज्ञापन पत्र लिनु पर्ने हुन्छ । सोही आधारमा एमडीएमएसमा दर्ता गरेपछि मात्रै तपाईँको मोबाइल नेपालमा प्रयोग गर्न सकिनेछ । भन्सार विभागले स्मार्टफोनका लागि पाँच प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट तथा बार फोनका लागि साढे दुई प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑