• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हत्याको बदला लिन यादवको हत्या आफन्तले नै गरेको खुलाशा

  • वीरगंज संजाल
  • १२ पुष २०७९, मंगलवार १४:४०
  • ३०६१

    वीरगंज । भारत बिहारका शिवपुजन राय यादवको हत्या उनकै आफन्तको योजनामा भएको रहस्य खुलेको छ । शिवपुजनको पुस ८ गते बाराको भुतही पुल नजिकै गोली हानी हत्या भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घटना भएकै दिन केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा शिवपुजको हत्या उनका काकाको छोरा दिनेश यादवको योजनामा भएको पत्ता लागेको प्रहरीले जनाएको छ । दिनेशले आफ्ना दाइ रमेशको हत्याको बदला लिन शिवपुजनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालय बारा प्रहरी स्रोतले दिएको जानकारी अनुसार शिवपुजनले गत अप्रिलमा काकाका छोरा रमेश यादवको गोली हानेर हत्या गरेका थिए । भारत मोतिहारीको छौडादानो ग्राम पञ्चायतका उपप्रमुख समेत रहेका रमेशलाई जग्गा सम्बन्धी विवादका क्रममा शिवपुजनले गोली हानेका थिए । गोली लागेर घाइते भएका रमेशको उपचारको क्रममा मृत्यु भएको थियो । रमेशलाई गोली हानेपछि शिवपुजन फरार थिए । उनी विरुद्ध बिहार राज्यको मोतिहारी जिल्ला अन्तर्गत पर्ने महुअवा थानामा सन् २०२१ सेप्टेम्बर ६ मा डकैती र सेप्टेम्बर १२ मा डकैती योजना मुद्दा, छौडादानो थानामा सन् २०२२ अप्रिल २ मा अपराधिक षडयन्त्र मुद्दा परेको नेपाल प्रहरीले पत्ता लगाएको छ ।

    भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका शिवपुजन भारतीय आतंकवादी समूह नक्सलाइट पार्टीको नेता समेत रहिसकेको पाइएको प्रहरीले जनाएको छ । उनी भारतीय प्रहरीको आँखा छलेर पुस ७ गते मात्रै भारतबाट नेपाल प्रवेश गरेका थिए । ६० हजार भारु लिएर सुटरलाई सूचना : छौडादानो ग्राम पञ्चायतका तत्कालीन उपप्रमुख रमेशको हत्याको बदला लिन चाहन्थे उनका भाइ दिनेश । सोही योजना अनुसार डेढ महिना पहिले दिनेश र प्रमोदको भेट भएको थियो । उनीहरुबीच प्रमोदले सूचना दिने र दिनेशले सुटर पठाउने बारे छलफल भयो । सूचना दिनका लागि प्रमोदले ६० हजार भारतीय रुपैयाँ बुझेका थिए । सहमति अनुसार नै १० दिनदेखि प्रमोद शिवपुजनको पछि लागेर सूचना संकलन गरिरहेका थिए । शिवपुजन र प्रमोदको तीन महिनादेखि चिनाजानी थियो । त्यसैको फाइदा प्रमोदले उठाइरहेका थिए । घटना भएको दिन पुस ८ गते बिहान पनि प्रमोदले मृतक शिवपुजनलाई पटक पटक फोन गरेको पाइएको प्रहरीले जनाएको छ । तर त्यतिखेर शिवपुजनले फोन उठाएनन् । दिउँसो २ बजेतिर शिवपुजनले प्रमोदलाई फोन फर्काएका थिए । प्रमोदको सुटरसँग पटक पटक फोनमा कुरा भएको कल विवरणबाट प्रहरीले पत्ता लगाएको छ । घटनाको दिन दिउँसो ४ः२० बजे प्रमोदले शिवपुजनलाई फोन गरे लगत्तै सुटरलाई फोन गरेर भुतही चोकको लोकेसन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्त प्रमोद विरुद्ध पनि मोतिहारी थाना लगायत भारतका विभिन्न थानामा अपहरण लगायत ३ वटा मुद्दा दर्ता रहेको प्रहरीको दावी छ ।

    मुख्य योजनाकार, सुटर सहितका अभियुक्त खोज्दै प्रहरी गोली लागेर गम्भीर घाइते भएका शिवपुजनको मृत्यु भयो कि भएन ? भनेर हेर्न पुगेका प्रमोदलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो । तर मुख्य योजनाकार दिनेश सुटर, लगायतका अभियुक्त अझै फरार छन् । मृतकका आफन्तले ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । जसमध्ये ५ जना घटनामा प्रत्यक्ष संलग्न रहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न व्यक्तिहरुको मोबाइल नम्बर पहिचान गरेर भारतीय प्रहरीसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रमोदले सूचना संकलन गरेर सुटरलाई गोली हान्न सघाएको दावी गरे । ‘शिवपुजनसँग चिया नास्ता पसलमा बरियारपुरका आफन्त थिए, परपरको टेबलमा चिया खान आएका अरु मानिसहरु थिए’, उनले भने, ‘पक्राउ परेका प्रमोदले शिवपुजनको हात समातेर गोली हान्न सहयोग गरेको देखिएको छ ।’सूचना दिने प्रमोद राम सार्वजनिक : प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रमोद रामलाई सार्वजनिक गरेको छ । भारत बिहारको मोतिहारी जिल्ला अन्र्तगत पर्ने घोडासहन थाना सेखावना ग्राम पञ्चायत वडा नं. १ सेखावना टोल बस्ने ३८ वर्षीय उनलाई सार्वजनिक गरेको हो । घटना भएको तीन दिनपछि सोमबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनलाई सार्वजनिक गरेको थियो । उनीसँग लिएको बयानको आधारमा उनी शिवपुजनको सूचना संकलनका लागि खटिएको व्यक्ति भएको दावी प्रहरीको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑