वीरगंज । आर.के.पटेल । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा दावी गरेको छ । सांसदको शपथ खान संघीय संसद भवन पुगेका पार्टी अध्यक्ष राउतले मधेस प्रदेशको मुख्यमन्त्री आफुले पाउनुपर्ने बताएका हुन् ।
सोमबार सङ्घीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए ।
उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सिके राउतले समर्थन गरेका छन् ।