वीरगंज । पाकिस्तानको राजधानी इस्लामाबादमा पुलिस चौकीमा आत्मघाती विष्फोट हुँदा एक प्रहरीसहित तीनजनाको मृत्यु भएको छ। सो घटनामा परी ६ जना घाइते भएका छन्।
इस्लामाबाद पुलिसका डीआईजी सोहेल जफर चटटाका अनुसार इगल स्क्वाडले चेक प्वाइन्टमा शंकास्पद ट्याक्सीलाई चेकजाँच गर्नेक्रममा आइ-१४ सेक्टरमा घटना भएको हो।उनका अनुसार चेकजाँच भइरहेका बेला ट्याक्सीमा सवारी एक व्यक्तिले विष्फोट गराएका हुन्।विष्फोटमा एक महिला र विष्फोट गराउने व्यक्तिको मृत्यु भएको छ।
चेकजाँचमा खटिएका एक प्रहरीको पनि मृत्यु भएको बताइएको छ।विष्फोट गराउने व्यक्तिको भने पहिचान खुलेको छैन।पाकिस्तानका प्रधानमन्त्री शहबाज सरीफले घटनाको निन्दा गर्दै आधिकारिकहरुलाई घटनाको रिपोर्ट गर्न आग्रह गरेका छन्।विष्फोट लगत्तै कारमा आगलागी भएको थियो।