• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले कोटामा गहुँ दिने

  • वीरगंज संजाल
  • ८ पुष २०७९, शुक्रबार १४:४२
  • १५७७

    वीरगंज । भारतले कोटाका आधारमा नेपालमा गहुँ पठाउने भएको छ। त्यहाँको वैदेशिक व्यापार महानिर्देशनालयले आगामी मार्च ३१ सम्ममा ५० हजार मेट्रिक टनसम्म निर्यात गर्न अनुमति दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। त्यसका लागि आवश्यक विवरण उपलब्ध गराईदिन आग्रह गरेको मन्त्रालयको आपूर्ति महाशाखाकी उपसचिव उर्मिला केसीले बताइन्। युक्रेनमा रूसले आक्रमण गरेपछि भारतले आफ्नो देशमा खाद्य सुरक्षा गर्न भन्दै नेपालमा गहुँ निर्यात रोकेको थियो। त्यसयता निर्यात खुला गराउन नेपाल सरकारले पहल गरेको उपसचिव केसीले बताइन्। उनका अनुसार भारतीय राजदूतावासले पनि चिनी र गहुँको आवश्यकता के कस्तो पर्छ भनेर सोधेको थियो। ‘त्यसपछि मन्त्रालयबाट चिनी र गहुँको आयातका लागि माग गर्दै आवेदन दिएका थियौं। व्यवसायीले पनि आवश्यकताको विवरण पेस गरेका थिए। सो विवरणलाई परराष्ट्रमा बुझाइयो र परराष्ट्रमार्फत गएका थियौं’, केसीले भनिन्, ‘लामो समय गहुँ नआउँदा विशेष गरेर उद्योगहरू प्रभावित बनेका थिए। किनभने गहुँ तथा मैदा औद्योगिक कच्चापदार्थका लागि अत्यावश्यक वस्तु हुन्। ’ दैनिक गहुँको आँटालगायतको उपभोगका लागि नेपालकै उत्पादनले पनि भरथेग गर्छ। तर, औद्योगिक प्रयोजनका लागि आयातकै भर पर्नुपर्ने उनले बताइन्।

    उनका अनुसार युक्रेन अत्यधिक गहुँ उत्पादन थलो हो। तर, युद्धले आपूर्ति चक्र बिग्रियो। भारतले आफ्नो देशमा भएको उत्पादनलाई भने अझै सबै निर्यातमा प्रतिबन्ध कायम गरेको उनले बताइन्। ‘तर अब भारतले अन्तर्राष्ट्रिय व्यापारबाट किनेको सय प्रतिशतमध्ये २० प्रतिशत निर्यात गर्ने भनेको छ। अब भारतले नेपालका लागि पठाउने गहुँ भनेको अन्य मुलुकबाट किनेर ल्याएकोलाई हो’, उनले भनिन्, ‘जबकि पहिला खुला बजार भएकाले नेपालले भारतबाट आवश्यकताअनुसार आयात गर्दै आएको थियो। अब यो कोटा आयात औद्योगिक कच्चापदार्थका लागि हो।’भारतले गत जेठ अन्तिम साता गहुँमा प्रतिबन्ध लगाएपछि नेपालमा अन्य मुलुकबाट पनि आयात भएको थिएन। भन्सार विभागको तथ्यांकआुसार साउनमा कुनै पनि मुलुकबाट आएको छैन। जबकि असारसम्म मेक्सिकोबाट गहुँको दाना ३ सय २६ किलो आयात गरिएको थियो। अष्ट्रेलियाबाट ७ र टर्कीबाट २ किलो दाना आयात भएको थियो। व्यवसायीहरूले केही महिनाअघि नै माग प्रतितपत्र (एलसी)मार्फत गरिसकेकाले भारतबाट साउनमा मैदा भने १ लाख ३२ हजार ६५ किलोे आयो।

    यो राजस्वबाहेक ५४ लाख ३६ हजार रुपैयाँ बराबरको हो। यद्यपि भारतले निर्यात प्रतिबन्ध गर्नुअघि वैशाखसम्ममा १९ करोड १५ लाख ५६ हजार ८ सय ५४ किलो आयात भएको थियो। यो ६ अर्ब ३२ करोड ४९ लाख ३९ हजार रुपैयाँ बराबरको थियो। सोही अवधिमा मैदा ३ लाख १० हजार ७ सय ५२ किलो भारतबाटै आयात भएको थियो। यो १ करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको थियो।नेपालको कुल भू–भागमध्ये गहुँ खेती मात्रै ७ लाख ११ हजार ६७ हेक्टर क्षेत्रफलमा लगाइँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। उक्त भू–भागबाट करिब २१ लाख २७ हजार २ सय ७६ मेट्रिक टन गहुँ बाली उत्पादन भएको छ। पछिल्ला वर्ष गहुँ बालीको क्षेत्रफल र उत्पादन क्षमता बढ्दै गएको तथ्यांकले देखाउँछ। किनभने आर्थिक वर्ष २०७४÷७५ मा ७ लाख ६ हजार हेक्टरमा बाली लगाइएकोमा करिब ४ वर्षपछि ४ हजार २ सय २४ हेक्टरले क्षेत्रफल बढेर ७ लाख ११ हजार ६७ हेक्टर पुगेको छ। क्षेत्रफलको विस्तार भएसँगै उत्पादन क्षमता पनि बढ्दै जाने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑