वीरगंज । दक्षिण कोरियामा काम गर्न जानेहरूले त्यहाँकाे भाषाकाे परीक्षा उत्तीर्ण गरेकाे हुनुपर्छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने यस्ताे परीक्षामा सहभागी हुनेहरूका लागि सरकारले अनलाइन फारम अनिवार्य गरेकाे छ । इच्छुक व्यक्तिले पुस ४ गते साेमबारदेखि ८ गते शुक्रबारसम्म आवेदन फारम भर्न सक्नेछन् । फारम आफैंले सजिलोसँग भर्न सकिने भए पनि केही मानिस साइबर धाइरहेका छन् । आज हामी अनलाइनबाट ईपीएस फारम कसरी सजिलै भर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।
फारम भर्नुअघि तयार पार्नुपर्ने कागजात
१. सबैभन्दा पहिले पासपोर्टको फ्रन्ट पेजको फोटो तयार पार्नुहोस् । (याद गर्नुहोस्, उक्त फोटोको साइज १०० केबीभन्दा कम र जेपीईजी फर्म्याटको हुनुपर्छ ।)
२. तीन महिनायता खिचेको पासपोर्ट साइजको फोटो (फोटो सेतो ब्याकग्राउन्डमा खिचिएको हुनुपर्नेछ भने निवेदकले त्यस्तो फोटोमा सेतो बाहेक अन्य रङ्गको लुगा लगाएको हुनुपर्छ । साथै उक्त फोटो १५ केबीभन्दा कम भई जेपीईजी फर्म्याटमा हुनुपर्छ ।)
कागजात तयार पारेपछि यो प्रक्रिया अपनाउनुहोस्:
-सबैभन्दा पहिले यहाँ क्लिक गरेर ईपीएसकाे आधिकारिक वेबसाइटमा जानुहोस् ।
-त्यसपछि उक्त पेजमा रहेको ‘पेपर बेस्ड टेस्ट’मा क्लिक गर्नुहोस् ।
-अनि ‘अन्डर फाइभ इयर्स’ को अप्सन छानेर एप्रुभमा क्लिक गर्नुहोस् ।
-यति गरेपछि तपाईँले ईपीएस परीक्षाका लागि शुल्क तिर्नुपर्ने पेज खुल्छ । जहाँ ई-सेवा, खल्ती, कनेक्ट आईपीएस जस्ता वालेट र ग्लोबल आईएमई बैंकको अप्सन देखिन्छ ।
-यदि ग्लोबल आईएमई बैंकको काउन्टरमा गएर डिपोजिट गर्नुभएको छ भने बायाँपट्टिको ‘नेक्स्ट’ अप्सन छान्नुहोस् ।
-तर, अनलाइनबाट तिर्न खोज्नुभएको छ भने ‘पे अनलाइन’को अप्सनमा क्लिक गर्नुहोस् ।