• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

  • वीरगंज संजाल
  • ६ पुष २०७९, बुधबार १७:५७
  • १८३७

    वीरगंज । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ। यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्। हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अहिलेसम्म छ बिरामीको मुटुको कृत्रिम भल्व राखिएको जानकारी दिए। एक कृत्रिम भल्व ह्याम्स अस्पतालले पनि राखेको छ। उहाँले एक बिरामीको सफलतापूर्वक कृत्रिम भल्व राखेपछि आत्मविश्वासले अन्य बिरामीको पनि राख्न थालेको बताए। नेपालमा पहिलो पटक केन्द्रले नै गत वर्ष फागुनमा मानिसको मुटुको कृत्रिम भल्व राखेको हो।

    नेपालमा रु २५ देखि ३८ लाखसम्म र भारतमा रु ६० देखि ८० लाखसम्म खर्च हुने गरेको छ। उनका अनुसार एक हप्ताभित्र पुनः एक बिरामीको पनि मुटुको कृत्रिम भल्व राख्ने तयारी भइरहेको जानकारी दिए। “नेपालमा नै मुटुको भल्व राखिने भएपछि धेरै बिरामी हाम्रोमा नै आउने गरेका छन्”, उनले भने, “महिनामा एक–दुई जना कृत्रिम भल्व राख्न भारत जाने गर्दथ्ये, तर अहिले हामीले नै नेपालमा सुरु गरेदेखि बिरामी बाहिर गएका छैनन्।” उनका अनुसार मुटुको कृत्रिम भल्व राख्न वार्षिक करिब १२ बिरामी भारत जाने गरेका थिए। केन्द्रले नै मुटुको भल्व राख्न थालेपछि भने एक बिरामी मात्र भारत गएको आफूले जानकारी पाएको उनले बताए। मुटुको एओर्टिक भल्व साँघुरो र उमेरका कारणले छाती चिरेर शल्यक्रिया गर्न जोखिम भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राख्ने गरिन्छ। यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमले निर्मित तार अर्थात् क्याथेटरद्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ।

    प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ। मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिंगटा लाग्ने गर्दछ। उनका अनुसार उक्त एओर्टिक भल्वको वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज हुने हुँदा भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ। मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ। यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो। वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने उनले बताए। केन्द्रले कृत्रिम मुटुको भल्व भारत, नेदरल्याण्डलगायत मुलुकबाट ल्याउने गरेको छ। बिरामीको मुटुमा २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका कृत्रिम भल्व राख्ने गरिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑