• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पैसा लिएर ई-पासपोर्टको अनलाइन फारम भरिदिने ४०० विचौलिया समातिए

  • वीरगंज संजाल
  • ५ पुष २०७९, मंगलवार १६:१७
  • २२०९

    वीरगंज । विद्युतीय राहदानी कार्यान्वयनमा आएपछि हालसम्म ४०० भन्दा बढी विचौलिया समातिएका छन् । सेवाग्राहीमार्फत पैसा असुली अनलाइन फारम भर्ने वा अन्य प्रलोभन देखाउने व्यक्तिलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटी पठाउने गरेको राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले जानकारी दिए । ”एक वर्षको अवधिमा काठमाडौंबाट मात्रै ४०० भन्दा बढी विचौलिया समातिएका छन्,” टेकपानासँग उनले भने, ”अहिले दिनमै औसतमा ४-५ जना विचौलिया समात्छौं ।” ​सेवाग्राहीबाट मनपरी शुल्क लिई विचौलियाले चाँडो बायोमेट्रिक डेट बुक गराइदिने भन्दै प्रलोभन देखाउने गरेको सूचना विभागमा आइरहेको उनी बताउँछन् ।”ई-पासपोर्टको अनलाइन फारम भर्न शुल्क लाग्दैन । तर विचौलियाले सोझा सेवाग्राहीलाई वशमा पारी ठगी गर्ने गर्छन् । यस्तो सूचना भेटे तत्काल विभाग वा प्रहरीलाई खबर गर्न अनुरोध गर्छु,” उनले भने ।

    जिल्ला प्रशासन कार्यालयहरुलाई शंकास्पद साइबरहरुमा छापा हान्न आग्रह गरेकाे पनि उनले सुनाए । ”कार्यालय समयमा विभाग वरपर विशेष प्रहरीसमेत तैनाथ गरिएको छ । प्रशासन कार्यायललाई पनि शंकास्पद साइबर र एजेन्टहरुकहाँ छापा हान्न अनुरोध गरेका छौं । तैपनि पूर्ण रुपमा यस्ता गतिविधि नियन्त्रणमा आउन सकेको छैन ।”अर्कोतर्फ अधिकांश सेवाग्राही राहदानीको अनलाइन फारम भर्ने वेबसाइट नचल्ने, चले पनि एपोइन्टमेन्ट डेट नपाउने समस्याका कारण विचौलियाकहाँ धाउने गरेका छन् । राहदानीका लागि तोकिएका इन्रोलमेन्ट सेन्टर नजिकै खुलेका साइबर पसल र एजन्टहरुले शुल्क लिई अनलाइन फारम भरिदिने गरेका छन् । त्यस्तै सामाजिक सञ्जालमा सम्पर्क नम्बर नै राखेर अनलाइन फारम भरिदिन्छौं भन्ने पोस्ट प्रशस्तै देख्न सकिन्छ । राहदानी विभागभित्र भेटिएकी एक सेवाग्राहीले भनिन्, ”मैल वेबसाइटबाट अनलाइन फर्म भर्नै सकिनँ । तर ‘दलाल’लाई हिजो पैसा दिएर काम लगाउँदा आजको डेट पाइयो ।”

    राहदानी विभागको वेबसाइटमा नियमित ‘समस्या’ देखिँदा यसको फाइदा विचौलियाले उठाइरहेका छन् । विचौलियाको सहारा लिएर काम गर्नुपर्ने बाध्यता धेरै सेवाग्राहीलाई भएपनि विभागले न आफ्नो प्राविधिक क्षमता बढाउन सकेको छ, न त प्रभावकारी रुपमा नियमन नै गर्न सकेको छ । जिल्लाबाटै राहदानी आवेदन भर्नसक्ने व्यवस्था ल्याएपनि अधिकांश सेवाग्राही काठमाडौंमै आउनाले वेबसाइटमा समस्या सिर्जना भएको विभागका महानिर्देशक यादव बताउँछन् । ”अधिकांश सेवाग्राही काठमाडौंमै आउन खोज्छन् । सबैले एकैपटक अनलाइन फर्म भर्न खोज्दा उच्च ट्राफिकका कारण वेबसाइटकाे सर्भरले थेग्न सक्दैन,” उनी भन्छन्, तत्काल राहदानी चाहिनेहरूले मात्र विभागमा फारम भरून् भन्ने चाहना हाम्रो हो । तर सबै प्रकारका सेवाग्राही यहीँ (विभागमा) आएर चाँडै राहदानी बनाउन खोज्दा समस्या निम्तिरहेको छ ।” हाल विभागले हरेक दिन दुई हजारका लागि दिउँसाे ३ः३० बजेदेखि अनलाइन कोटा प्रणालीमार्फत आवेदन दिनसक्ने व्यवस्था ल्याएको छ । सम्बन्धित समाचार: ई-पासपोर्टको नाममा जनतालाई सास्ती, विभाग भन्छः अनलाइन प्रणालीले धान्न सकेन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑