वीरगंज । जलवायु न्यायका लागि बालबालिकाको परिकल्पना अनुरुप जनकपुरधाममा आर्टीभिजम कला प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ।
कायापलट सँथाको आयोजनामा र सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफ नेपालको सहयोगमा कला प्रदर्शनी गरिएको छ। जनकपुरधाम स्थित सञ्चालित यस आर्टीभिजम कला प्रदर्शनीमा निजि तथा सामुदायिक विद्यालय गरी जम्मा १३ वटा विद्यालयको सहभागिता रहेको थियो।
“पर्यावरण मैत्री नमुना सहर हाम्रो रहर” भन्ने मुल नाराका साथ कायापलटले जलवायु परिवर्तन न्युनिकरण र वातावरणलाई संरक्षण र संवद्र्धन गर्न विभिन्न चरणहरुको कार्यक्रम अन्तर्गत कला प्रदर्शनी कार्यक्रममा विधार्थीहरुले वातावरण र मौसममा देखिएको जलवायु परिवर्तन र यसको न्युनिकरण सहित वातावरणको विधमान अवस्था बारे चित्रण मार्फत कला प्रस्तुत गरिएको कुरा कायापलटका अध्यक्ष कैयुम राईनले बताए । आर्टीभिजम कला प्रदर्शनीमा १३ वटा विधालयले सहभागिता जनाउदै सबै विधालयले उत्कृष्ट कला प्रस्तुत गरिएका छन् जसमध्ये अक्षर विधा मन्दिर, डेफोडिलस पब्लिक स्कूल, संकटमोचन मा.वि र अक्षर विद्यालयका सहभागिले क्रमश रुपमा उत्कृष्ट प्रदर्शन गरेका हुन्।सहभागी सबैलाई प्रमाणपत्र सहित जलवायु न्यायकालागि लड्न सुझाएको आयोजक संस्थाकी महासचिव विमला रायले बताईन् । कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह , विशेष अतिथि सेभ द चिल्ड्रेन का प्रतिनिधि अभिलेश कर्ण , पुर्व प्रदेश सांसद मञ्जु यादव, इन्सेकका मधेस प्रदेश कार्यलय अधिकृत बरुण बस्याल सहित विभिन्न विद्यालयहरुको शिक्षक-शिक्षिका उपस्थिति रहेको थियो।