वीरगंज । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलबाट सुनका गहना र नगद चोरी भएको छ । हाम्रो कोलोनीमा बस्ने प्रमिला कुमारी जोशीको घरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शनिवार राति चोरले नगद ४७ हजार रूपैयाँ समेत चोरेको पीडितले दावी गरेका छन् ।
घरधनी बुटवल गएको मौका पारेर चोरि गर्नेहरूले मुख्य गेटको ताला फुटाएर चोरेका हुन् । चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।