• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  समाचार

    जाडो मौसममा केशलाई सफा र सुन्दर कसरी राख्ने ?

  • वीरगंज संजाल
  • Dec 12, 2022, 5:28 am
  • १३९७

    वीरगंज | जाडो मौसमको शुरुवातसंगै केश खराब हुनु आम समस्या हो । जाडो मौसममा केशको चमक हराएर जान्छ साथै केशमा सुख्खापन आउने गर्दछ ।यस मौसममा केशलाई चिसोबाट जोगाउन सामान्यतया स्कार्फ वा टोपी लगाउने गरिन्छ । यसले केशलाई चिसोबाट त जोगाउछ तर केशलाई बाधेर राख्नाले ग्रन्थीहरु सक्रिय भई केशमा चिप चिपपन आउने गर्दछ ।

    जाडो मौसममा केशमा आउने समस्या र समाधानका उपाय बारेमा ब्यूटिसियन रिता श्रेष्ठले केही सुझाव दिएकी छन् ।

    हेरौँ उनका सुझाव :

    जाडो महिनामा चिसोबाट बच्न कतिपय मानिसहरु हिटरको प्रयोग गर्ने गर्दछन् । यसले ताप त दिन्छ तर केशमा भएको कोमलता पनि सोसि दिन्छ र केश सुख्खा हुने गर्दछ ।

    त्यसैले चिसो मौसममा केशलाई सुख्खा हुनबाट बचाउन बढि भन्दा बढि पोषण तथा मोइस्च्वराइजरको प्रयोग गर्नु उत्तम हुन्छ ।

    केशलाई सुख्खा हुन नदिन स्याम्पुको प्रयोग गर्न सकिन्छ तर दैनिक रुपमा पनि गर्नु हुदैन ।

    हप्तामा एक पटक हेयर स्पा ट्रिटमेन्ट गरेको खण्डमा केशमा चमक आउँछ । किनकी स्पा ट्रिटमेन्टले टाउकोको छालामा रक्तसञ्चार बढ्छ ।

    स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको स्याम्पुको प्रयोग गर्नु पर्दछ । त्यस्तै केशलाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ ।
    जाडो मौसममा कम्तीमा हप्तामा २ पटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु अत्यन्तै राम्रो मानिन्छ । मनतातो तेलले केशलाई चम्किलो र हेल्दी बनाउँछ । हेयर ओयल मसाज गरेपछि हेयर स्टिम लिएर आवश्यक अनुसार स्याम्पु गर्नुपर्दछ ।
    कर्ली केशमा कन्डिसनरले ठिक ढंगले काम गरेको छैन भने साइन सिरम प्रयोग गर्नुपर्दछ । यसबाट केश नरम एवं चम्किलो बनाउछ ।
    स्याम्पु गर्दा केशलाई बढि नचलाउने । हरेकपल्ट स्याम्पु गरेपछि कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने ।
    केश बढि नै सुख्खा छ भने कन्डिसनरको साटो हेयर मोइस्च्वराइजरको प्रयोग गरि केशलाई सफा राख्ने ।
    जाडो मौसममा जैतुन, बदाम र तिलको तेल मिसाएर तताई त्यसमा २ वटा भिटामिन इ क्याप्सुल मिसाई मसाज गरेमा केशलाई वास्ताविक मोइस्च्वराइजर मिल्छ र केशमा चमक आउछ ।
    यसरी केशको हेरचाह गर्न सकेको खण्डमा जाडो मौसममा पनि केशलाई सफा र चम्किलो बनाउन सकिन्छ । केशको स्याहार पछि हेयर ड्रयरले केश सुकाउनाले,घाममा बस्दा केश खुल्ला छोड्नाले बिस्तारै केशको चमक बिस्तारै हराएर जान्छ र पुन सुख्खा हुन्छ ।

    त्यसैले घाममा बस्दा जहिले पनि केश छोप्नुपर्दछ । यसरी कपालको स्याहार गर्र्दा पनि समस्या उस्तै भएमा ब्यूटि एक्सपर्ट कहाँ वा छालारोग विशेषज्ञहरुबाट परामर्श लिनु राम्रो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑