• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    यौन आनन्दको ज्ञानले सुरक्षित यौन व्यवहारबारे बुझाउन सकिने डब्ल्यूएचओको भनाइ

  • वीरगंज संजाल
  • Dec 12, 2022, 4:02 am
  • १६५३

    काठमाडौँ । यौन सन्तुष्टिबारेको शिक्षाका आधारमा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउने सन्देश प्रभावकारी रूपमा फैलाउन सहयोगी हुने विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका अध्ययनकर्ताहरूले बताएका छन्।

    उनीहरूको अध्ययनको निष्कर्षका अनुसार असुरक्षित यौन व्यवहार कति खतरापूर्ण हुन्छ भनेर गरिने सचेतना अभियानहरूले भन्दा यौन सन्तुष्टिका बारेमा सिकाउने कार्यक्रमहरूले कन्डमको प्रयोग बढाएको देखिएको छ।

    स्वास्थ्यको ख्याल गर्नका लागि मानिसहरूलाई डरको भन्दा आनन्दको सन्देशले बढी प्रेरित गर्ने उनीहरूको भनाइ छ।

    सो अध्ययन प्रतिवेदनका एकजना लेखकले यौन व्यवहार एकैपटक सुरक्षित र आनन्ददायक दुवै हुनसक्ने बताएका छन्।

    उनले विश्वभर अरबौँ डलर रकम प्रत्येक वर्ष यौन र प्रजनन स्वास्थ्य र अधिकारसबन्धी सेवामा खर्च भैरहेपनि त्यस्ता धेरै कार्यक्रमले मानिसहरूले यौन सम्बन्ध किन राख्नछन् भन्ने आधारभूत कारणलाई नै सम्बोधन नगर्ने बताएका छन्।

    त्यस्तो कारण भनेको आानन्द अनुभव गर्नकालागि हो भन्ने उनीहरूको भनाइ छ।

    सन् २००४ मा जनस्वास्थ्य विज्ञ एन फिल्पोटले डब्ल्यूएचओको टोलीसँग काम गरेको द प्लेजर प्रोजेक्ट सुरु गरेकी थिइन्। उनले ‘एड्सबारेका अनगिन्ती छलफलहरूमा कसैले पनि किन मानिस यौनप्रति आकर्षित हुन्छन् भन्ने कुरा नउठाएपछि दिक्क भएर’ सो प्रोजेक्ट सुरु गरेकी बताएकी छन्।

    उनी भन्छिन्, ‘यौनका लागि सम्भवतः सबैभन्दा शक्तिशाली उत्प्रेरणा त्यसबाट प्राप्त हुन सक्ने आनन्द हो तर पनि यो कुरा यौन शिक्षा वा यौन स्वास्थ्यसम्बन्धी कार्यक्रममा चर्चा भएको देखिँदैन।’

    ‘यदि धेरै मानिसलाई तपाईँलाई दिइएको यौन शिक्षाले आफ्नो जोडीसँगको सम्बन्ध र यौन जीवन राम्रो बनाउन सहयोग गर्‍यो भनेर सोध्दा उनीहरूले छैन भन्छन्।’

    ‘यौन सुरक्षित हुन सक्छ र आनन्ददायक पनि हुन सक्छ। यो खुला संवाद गर्ने र मानिसहरूमा आत्मविश्वासको भावना जगाउने विषय हो।’

    विश्वभर प्रत्येक दिन १० लाख यौन रोग सङ्क्रमणका घटना हुने गरेका छन्। तीमध्ये धेरै विनालक्षणका हुन्छन्। कन्डमको प्रयोगले ती सङ्क्रमण रोक्नुका साथै अनिच्छित गर्भधारण पनि रोक्न सघाउँछ।

    फिल्पोटले कन्डमलाई यौनका बेला डर, अन्योल र आशंका कम गर्न सघाउने आनन्ददायी साधनका रूपमा प्रचार गरेर बेचिनु पर्ने बताएकी छन्

    डब्ल्यूएचओका अध्ययनकर्ताहरूले विभिन्न सुरक्षित यौनसम्बन्धी परियोजना र व्यवहार परिवर्तनमा तिनको प्रभावकारीताका बारे अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन्।

    उनीहरूले ३३ परियोजनाहरूले सुरक्षित यौनसम्बन्धी सन्देश फैलाउने क्रममा यौनानन्दलाई विचार गरेको र ती कन्डम प्रयोग बढाउनका लागि यौन रोग र जोखिम न्यूनीकरणका अन्य परियोजनाभन्दा सफल रहेको पाएका छन्।

    उनीहरूले यौनका विषयमा सहमति, स्वस्थ व्यवहार र सुरक्षाका बारेमा शिक्षा दिने कार्यक्रममा आनन्द, इच्छा र रमाइलोका बारेमा पनि कुरा हुँदा बढी प्रभावकारी हुने बताएका छन्।

    प्रतिवेदनका सह(लेखक डब्ल्यूएचओका डा। लियान गोन्साल्भेसले भनिन् ‘यो समीक्षाले साधारण कुरा भन्छस् मानिसले किन यौन सम्बन्ध राख्छन् भन्ने कुरा समेटिएको कार्यक्रमले यौन स्वास्थ्यका बारेमा राम्रो नतिजा दिन्छन्।’

    ‘यो निष्कर्षले यौन र प्रजनन स्वास्थ्य र अधिकार क्षेत्रमा काम गर्नेहरूलाई मानिसलाई सुरक्षित, सहमतिपूर्ण र आनन्दमय यौन व्यवहारका बारेमा ज्ञान दिने सेवालाई प्राथमिकता दिन प्रेरित गर्ने आशा छ।’

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑