वीरगंज । नेपालमा विगत पाँच वर्षमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ ले उल्लेख सुधार भएको देखाएको हो ।
सर्वेक्षण अनुसार नेपालमा अहिले महिलाहरुले औषत दुई सन्तान जन्माउँदछन् ।
सन् १९९६ को सर्वेक्षणले नेपालमा महिलाहरुले औषत ४.६ सन्तान जन्माउने गरेको देखाएको थियो ।
यस्तै पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा पनि उल्लेखनीय कमी आएको छ । सन् १९९६ मा पाँच वर्ष मुनिका बालबालिकाहरुको प्रति एक हजार जिवित जन्ममा ११८ जनाको मृत्यु हुने गरेको थियो । तर अहिले सो घटेर ३३ हुन आएको छ ।
यद्धपी नेपमाल प्रत्येक ३० जिवित जन्ममा लगभग एक जना बच्चा पाँचाँै दिनमा जिवित रहँदैन् ।
यस्तै नवजात मृत्युदर पछिल्लो दशकमा प्रति १ हजार जिवित जन्ममा २१ जनामै स्थिर रहेको छ ।
गर्भवती सेवा कभरेजमा सुधार
नेपालमा गर्भवती सेवा कभरेज पनि सुधार भएको छ । हरेक १० मध्ये ९ भन्दा बढी महिलाले चिकित्सक, नर्स, वा अनमी जस्ता दक्ष सेवा प्रदायकसंग सेवा लिइरहेका छन् । यसअघि सन् १९९६ मा प्रत्येक ४ मध्ये १ जना महिलाले मात्रै यस्तो सेवा पाउथे ।
त्यसैगरी १० मध्ये ८ महिलाहरुले मात्रै हाल चार वा सो भन्दा बढी पटक गर्भवती सेवा लिइरहेका छन् । २० वर्ष अघि भने यो सेवा १० मध्ये एक जनाले मात्रै लिने गर्दथे ।
यस्तै सर्वेक्षण अघिको दुई वर्ष भित्रको समय अवधिमा जिवित जन्मेकाहरु मध्ये ७९ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मेका छन् ।
सन् १९९६ मा भने मात्रै ८ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मने गरेका थिए ।
सुत्केरी भएपछिको हेरचाहले सुत्केरी पछि हुने जटिलताहरुलाई रोक्न मद्धत गर्दछ । सर्वेक्षणले नेपालमा ७० प्रतिशत महिलाहरुले सुत्केरी भएको दुई दिन भित्र सुत्केरी जाँच गराउने गरेको देखाएको छ ।
खोपको कभरेज पनि बढ्यो
सन् १९९६ यता १२ देखि २३ महिनाका बालबालिकाहरुमा आधारभूत खोपको कभरेज बढेको छ । यो समयमा ४३ प्रतिशतले आधारभूत खोप पाउने गरेका थिए । तर सन् २०११ मा ८७ प्रतिशत रहेको आधारभूत खोपको प्रतिशत घटेर सन् २०१६ मा ७८ प्रतिशतमा झरेको थियो तर सन् २०२२ मा भने यसमा सुधार भई ८० प्रतिशतमा पुगेको छ ।
दीर्घकालिन कुपोषणको एउटा संकेत भनेको उमेर अनुसार उचाई कम हुनु हो । जसलाई पुडको पन भनिन्छ । पछिल्लो सर्वेक्षणले पुडकोपन २५ प्रतिशतमा झरेको देखाएको छ । जवकी सन् १९९६ मा पुडको पन ५७ प्रतिशत रहेको थियो ।