वीरगन्ज । “मेयर घरदैलो स्वास्थ्य शिविर“ वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंज स्वास्थ्य चौकीमा आज देखि शुरु भएको छ ।
विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य शिविर“ आज वडा नम्बर २० मा सञ्चालनमा रहेको पहिलो दिनको ५४ जना महिला सहित १ सय ४ जना स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् । डाक्टरको सल्लाह र आवश्यकता अनुसार १५ जनाले ल्याब सेवा समेत लिएका हुन ।
बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार नि:शुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।