• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै वीरगञ्जमा किसानहरुको आन्दोलन

  • वीरगंज संजाल
  • २५ मंसिर २०७९, आईतवार १६:१७
  • १४२९

    वीरगंज । सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै वीरगञ्जमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ लगायत किसानहरुले संयुक्त रूपमा आन्दोलन गर्दै विरोध र्यालिका निकालेका छन् ।सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै किसानहरुले सरकारबिरुद्ध आन्दोलन गरेका हुन् । धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको पनि उनीहरुको गुनासो छ ।किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शमरुम राउत गद्दीले नेपाललाई किसानको देश भनिएपनि त्यो भनाईमा मात्र सिमित रहेको गुनासो गरेका छन् ।

    उनले आज मात्रै २५ सय रुपैया क्वीन्टलमा आफु नै बाध्य भएर धान बेचेर आफ्नो बच्चाको विधालयमा शुल्क तिर्न बाध्य भएको गुनासो गरे । उनले थप्दै भने , खेतीपातीका लागि अहिले मलखाध लगायत सबै सामाग्रीको आवश्यतmा छ । अब खेती गर्ने समय चलिरहेको बेला न खाध पाएका छौँ । न त सरकारले निर्धारण धानको मुल्यमा धान नै बेच्न पाएका छौँ । अन्य खेती गर्न विभिन्न सामाग्री जोहोको लागि हामी किसानहरुले धान बेच्नै पर्ने बाध्यताले वर्षेनी सस्तोमा धान बेचिरहेका छौँ तर हाम्रो दुखेसो सुनिदिने कोही छैनन् , न त नेता , न सासंद , न मन्त्रि । त्यसैले हामी आफ्नो हकका लागि आफै सडकमा आउनुपरेको हो । त्यस्तै किसान महासंघका जिल्ला अध्यक्ष अमर प्रसाद यादवले सरकारले धान समयमा निर्धारित मुल्यमा नलिदा विचौलियाले फाईदा लिरहेको तथा खेतीपातीका लागि धान बेच्न नपाएको र खाध समेत नपाएकोमा अवस्थामा अन्य खेतीपातीलाई ढिलो हुँदा किसानहरुलाई ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै सरकारले नसुनेको कारण बाध्यताले आन्दोलनमा उत्रिनुपरेको बताए ।

    किसान अगुवा किशोरी प्रसाद साह भन्छन् , किसानले भोग्दै आएको समस्यामा झन् समस्या थपिदै गएको तथा सरकारले धानको मुल्य निर्धारण गरेपनि त्यो अनुसारको मुल्यमा धान बेच्न समेत नपाएको अवस्था छ । त्यसैले आज सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्नका लागि आन्दोलन गर्नुपरेको हो । कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको कारण सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो दिन किसानहरुले खाध व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा आधा घण्टा धर्ना समेत दिएका छन् । यसअघि किसान महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत नै मंसिर २५ गते आज खाद्य कम्पनीको देशभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिईएको हो । निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑