• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार महिना कुर्दा पनि ‘डायलासिस’का लागि आएन पालो

  • वीरगंज संजाल
  • २२ मंसिर २०७९, बिहीबार ११:१३
  • ३००९

    नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा मृगौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेका छन्। यति लामो समयदेखि कुरेर लाइनमा बस्दा पनि आफूहरूले पालाे नपाएकाे उनीहरूकाे गुनासाे छ। अस्पतालको हेमोडायलासिस युनिटका अनुसार भदौदेखि ८५ जना बिरामीले पालो कुरिरहेका छन्। उनीहरूले पालो पाएका छैनन्। पालो कुरिरहेका कतिपय सम्पर्कविहीन भइसकेका छन्। उनीहरूको मृत्यु भयो वा अन्यत्र गए अस्पताललाई जानकारी छैन। भेरीमा चार वटा डायलासिस मेसिन छन्। तीमध्येमा एउटा आपतकालीन अवस्थामा र अरु तीन वटालाई नियमित बिरामीलाई प्रयोग गर्ने गरिएको छ। भेरीमा अहिले ३६ जना बिरामीले नियमित डायलासिस गराइरहेका छन्।

    अस्पतालमा थप ६ वटा मेसिन आइपुगेको छ। यी मेसिन आएको धेरै भइसकेपनि जडान गरिएको छैन। ‘पानी’को समस्याले गर्दा ती मेसिन जडान हुन नसकेको युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए। भदौदेखि कोहलपुर मेडिकल भित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिन थालेपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको थियो। कोहलपुरमा मेसिन बिग्रिने, बनिहाले पनि आवश्यक सामान समयमा नआउने हुनाले त्यहाँका बिरामी भेरीको सम्पर्कमा आएका छन्। पछिल्लो हप्तादेखि कोहलपुरमा डायलासिस ठप्पै छ। युनिट प्रमुख डा. श्रेष्ठले कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउदा यहाँ चाप बढेको बताए। कोहलपुरमा डायलासिस नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरु निजी या भेरीको आपतकालिन कक्षमा आएर सेवा लिएका छन्। नियमित डायलासिस गर्नेहरु भेरीमा लाइनमा रहेका छन्। भेरीको तीन वटा मेसिनले पहिलेदेखि नै रुटिनमा रहेकाहरूलाई सेवा दिइरहेको छ। भदौदेखि नै नयाँलाई पालो दिन सकेको छैन।

    सरकारले मृगौलाका बिरामीलाई नि:शुल्क डायलासिस र मासिक पाँच हजार भत्ता दिने भनेपनि त्यो सेवा विरामीले पाइरहेका छैनन्। नियमित रुपमा डायलासिस गर्न नपाएर बिरामी छट्पटिरहदा सरकारले कोहलपुरमा डायलासिस सञ्चालन गरेको बिरंग हेल्थ केयर प्रालिलाई दबाब दिन सकेको छैन। न त यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरीले नै सबैलाई सहज रुपमा त्यो सेवा उपलब्ध गराउन सकेको छ। युनिट प्रमुख डा. श्रेष्ठले बिरामीले दैनिक नै फोन गरेर पालो सोध्ने गरेको बताए। ‘हामीलाई सधै फोन गरेर बिरामीले पालो सोध्नु हुन्छ। हामीले भदौदेखि नै सम्पर्कमा ८५ जनालाई पालो दिन सकेका छैनौ’, डा. श्रेष्ठले भने, ‘पालोका लागि फोन गरिरहने कतिपय सम्पर्कविहीन भइसकेका छन् । केही अन्यत्र गएर डायलासिस गरिरहेका छन्।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑