वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकाको भुमि आयाेग समिती तथा कार्यपालिकाको बैठले जग्गा बर्गीकरण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा बसेको बैठकले जग्गा बर्गीकरण गर्ने निर्णय गरेको योजना शाखा प्रमुख संतोष साह सोनारले बताए ।
गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्ममा रहेको जग्गाहरुको कृर्षि क्षेत्र र गैर कृर्षि क्षेत्र भित्रको जग्गा बर्गीकरण गर्ने निर्णय गरेको प्रमुख साेनारले जानकारी दिए । बैठकले बिभिन्न किसिम्मबाट मुल्यांकन गरी बर्गिकरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मेहताले बताए । निर्णय गरिएको प्रतिलिपी सम्बन्धीत निकायमा बिहिबार नै पठाउने जनाइएको छ । बहुक्षेत्रिय पोषण योजना कार्यक्रमकाे अभिमुखिकरण : यसैगरी युनिसेफको सहयोगमा र पकहा मैनपुर गाउँपालिकाको आयोजनामा बुधबार बहुक्षेत्रिय पोषण योजना कार्यक्रमकाे पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको एक दिने अभिमुखिकरण सम्पन भएको छ ।
गाउँपालिका अध्यक्ष तथा पोषण कार्यक्रमका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष ०७९।०८० को बार्षिक कार्ययोजना पालिकाले स्वीकृत गरेको छ । कार्यक्रममा पोषण मैत्री स्थानिय शासनको ७६ वटा सुचक बारे जानकारी समेत गराइएको पोषण संयोजक गणेश रामले बताए । अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वडा नम्बर १ देखी ५ सम्मका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहभागिता रहेकाे थियाे भने गाउँपालिका स्वास्थ्य संयोजक संजय परसादले सहजीकरण गरेका थिए ।