• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षा र स्वास्थ्यको स्तरबृद्धिमा विशेष जोड दिन्छु : प्रदेश सभा सदस्य पटेल

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार १५:५९
  • १५८९

    वीरगन्ज | नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सचिव श्याम पटेल पर्सेली नागरिकका बीच चर्चित युवा नेता हुन् । गएको निर्वाचनमा खुबै युवा राजनीतिकर्मीको खोजी भइरहेको समयमा उनी पनि पर्साको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भए । २०४७ सालमा कक्षा १० मा पढ्दै गर्दा नेपाली काग्रेसको सदस्यता लिएर २०५१ सालमा ठाकुर राम बहुमुखी क्यामपसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदमा निर्वाचित भई झनै राजनीति सक्रियता बढाएका पटेल २०५३ को निर्वाचनमा स्ववीयुको उपसभापतिमा निर्वाचित भएका थिए । २०५३ सालमा नेविसंघबाट सभापतिको उम्मेदवार भई चुनाव लड्दा मतगणता मै विवाद हुँदा परिणाम नै बिथोलिएको थियो । २०६२ सालमा क्षेत्र नं. ३ को क्षेत्रिय सभापतिमा निर्वाचित भई कांग्रेसको १२ औं अधिवेशनमा पुनः क्षेत्रिय सभापतिमा निर्वाचित भएका पटेल कांग्रेसको १३ औं महाधिवेशनबाट जिल्ला सचिव मनोनित भएका थिए । १४ औं अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार भई वर्तमान सभापतिलाई कडा टक्कर दिएका पर्साबाट प्रदेश सभा सदस्यमा सबै भन्दा पहिले खाता खोल्ने नेता पनि हुन् । उनै श्याम पटेलसंग निर्वाचन सम्पन्न भएपश्चातका समयसामयिक बिषयमा केन्द्रित रही मध्य नेपालका लागी कमला भण्डारीले गरेको कुराकानीको सम्पादित अंश

    १. राजनीतिक क्षेत्रमा आउन प्रेरणा कसरी पाउनु भयो ?
    गाउँमा बस्दा म सानो थिए । त्यो समयमा नेपाली काँग्रेसका नेताहरु गाउँमा आउँदा मानिसहरुको धेरै भिड लाग्थ्यो । त्यो देख्दा मेरो मनमा उत्सुक्ता जाग्यो की नेतामा पक्कै केही न केही त छ । यत्तिका मानिसको भिड लाग्नु, गाउँका सबै मानिस कांग्रेसी नेता भेट्न उत्सुक हुनु । यो नै मेरो राजनीतिक प्रतिको आकर्षण हो । कक्षा १० मा अध्ययनरत छँदा म नेपाली काँग्रेस निकटको नेपाल विद्यार्थी ( नेवि ) संघमा आबद्ध भए । विद्यार्थी जीवनमा नेवि सघंका अग्रज नेताहरुबाट नेवि संघ कक्षा इकाईको अध्यक्ष पदमा चयन गरी जिम्मेवारी दिनु भयो । झनै ममा राजनीतिक क्षेत्रमा अगाडी बढ्ने प्रेरणा प्राप्त भयो । जुन प्ररणाले आजसम्ममा यो अवस्थामा पुयाएको छ ।

    २. अवसर र स्वार्थका लागि नेताहरु त विभिन्न पार्टी परिवर्तन गरिरहन्छन् नि ? त्यो कुरा तपाईको मनमा किन आएन ?
    नेपाली कांग्रेस पार्टीको सिद्धान्त अनुरुप पार्टीका सहकर्मी साथीहरुले मलाई पार्टीको सिद्धान्त प्रष्ट पार्न सफल भए । कांग्रेस पार्टीको सिद्धान्त बाहिर त्यहि भएर म जाने सोच बनाउन परेको छैन । राजनीति भनेको सिद्धान्त र निष्ठामा चल्ने भएकोले पनि नेपाली कांग्रेस पार्टीको नीति र सिद्धान्त मलाई राम्रो लाग्छ । यो पार्टीले हिमाली, पहाडी, मधेशी, गरिब, दलित, आदिवासी, जनजाति, मुस्लिम सबै समुदायका नागरिकलाई एकै दृष्टिकोणले समेटेर एक साथ लिएर हिड्ने गरेको छ । अन्य पार्टीमा यस्तो संस्कार खासै देखिदैन । त्यहाँ केही नेताको शैली अनुसार पार्टीका सिद्धान्तमा उतार चढाव आएको छ । फेरि मेरो विद्यार्थी जीवनदेखि नै आबद्ध भएर आजसम्म पनि सक्रिय लागिरहेको पार्टी छोड्न सकिन्न । म राजनीतिकमा लाग्दा विभिन्न पदको पाउँछु र मन्त्री चाहे सांसद बन्छु भन्ने थिएन । पार्टीको जिम्मेवारी बहन गर्न सक्ने भएपछि पार्टीले जुन जिम्मेवारी सुम्पन्छ । त्यो वहन गर्दै अगाडी बढ्ने हो । फेरि राजनीतिमा लाग्नु भनेको जनताको हकहितका लागि हो नि । आफू पद र पावरमा पुग्न होइन । काम गर्दै जाने क्रममा जनता र पार्टीको लागि आफू कहाँ उपयुक्त जिम्मेवारीमा रहन्छ भन्ने ठान्नु हुन्छ । सो जिम्मेवारी लिने र राम्रा काम गर्दै अगाडी बढ्ने हो ।

    ३. निर्वाचन त एकै पटकमा जित्नु भयो । चुनावी अभियानका क्रममा कस्ता चुनौति हुँदा रहेछन् ?
    म एउटा सामान्य किसान परिवारमा जन्मे हुर्केको मान्छे हो । क्याम्पसको अध्ययन सकेपछि राजनीतिक पार्टीमा आबद्ध भए । २०४६ सालदेखि निरन्तर निश्वार्थ समाज सेवामा लागेको छु । मेरो प्रतिस्पर्धी पनि म जस्तै सहज मेरा सहकर्मी मित्र हुनुहुन्थ्यो । पहिला हामी दुबै एकै पार्टीमा आबद्ध असल मित्र पनि हौं । अहिले उहाँ अर्को पार्टीमा गए पनि हामी बीच कुनै बैमनस्यता छैन । हामी दुबैले चुनावी प्रचार प्रसार सामान्य किसिमले गरेको हो । हामी दुबै बीच स्वच्छ प्रतिस्पर्धा भयो, कुनै चुनौति भएन । मतदाताबाट भने ठूलो चुनौती थियो । विगत १० वर्षदेखि निर्वाचन क्षेत्र नं.–२ (ख) बाट चुनाव लड्न तयारी गरेको थिए । गठबन्धनका कारण म क्षेत्र नं.–२ (क) बाट टिकट पाए । अन्य पार्टीका नेता र पार्टीका साथीहरुले त मलाई चिन्नु हुन्थ्यो । तर मतदाताहरुले चिनेको थिएन । घरदैलो गर्न जादाँ मतदाताहरु जनप्रतिनिधीहरु प्रति आक्रोस थिए । मेरो क्षेत्रमा ६० प्रतिशत गरिब, दलित समुदायको बस्ती छ । भोट माग्न मात्र नेताहरु आउने हुन्, जितेपछि देखा पर्दैनन् । विकास निर्माणका काम केही पनि गर्ने होइनन् । पैसा दिए भोट दिन्छौ नत्र दिदैनौ भनेर ठाडै पनि केहीले आक्रोस पोखे । तर राजनीति र नेताले गर्ने कामका बारेमा उहाँहरुलाई वास्तविक कुरा सम्झाए बुझाए पछि भने उहाँहरुले मेरो कुरामा विश्वास गर्नु भयो । साथ दिनु भयो । थप चुनौति केही भएन ।

    ४. आम जनताको अपेक्षा चाही के पाउनु भएको छ ?
    आम जनताले विश्वास गरेर मलाई जिताउनु भएको छ । जनतासंग गरेको बाचालाई पुरा गर्न, म प्रतिको सकारात्मक सोचलाई स्थायित्व दिन प्रयासरत रहने छु । वीरगंज महानगरपालिका ३ वडा, बहुदरमाई नगरपालिका ३ वडा, पर्सागढी गा.पा को ९ वडा मेरो क्षेत्रमा पर्छ । बहुदरमाई न.पा.का वडामा केही विकास निर्माणका कामहरु भएका छन् । स्थानीय निकायले पनि आफ्नो बजेट अनुसार केही काम गरेको छ । महानगर भए पनि विकासका पूर्वाधारको पूर्ण बिस्तार नभएको गाउँ जस्तो नै देखिन्छ महानगरको क्षेत्र । जनता आवासका भवन निमार्ण लगायत विकास निर्माणका पूर्वाधारहरु विस्तार गर्न र जनताको सुख दुःखमा साथ दिने समग्र हितको काम नै उहाँहरुले गरिदियोस् भन्ने पाएको छु । म अरु नेताहरु जस्तो निर्वाचन सकिएपछि गाउँ नफर्कने होइन । उहाँहरुमा हरेक समस्यामा म मलमपट्टि लगाउने काममा लागिरहने छु ।

    ५. निर्वाचन जितेपछि म यो–यो काम गर्छु भन्ने केही खास योजना पनि बनाउनु भएको छ ?
    पार्टीको एजेण्डा सरकार बनेपछि प्रधेश भरिका संसदहरु मिलेर पुरा गर्ने हो । मेरो व्यक्तिगत योजना पनि छ । म जुन क्षेत्रबाट निर्वाचित भएको छु । यहाँको स्वास्थ्य, शिक्षाको अवस्था दयनीय छ । शिक्षा र स्वास्थ्यको सुधार र व्यवस्थापनमा मेरो विशेष जोड रहने छ । कृषि प्रधान देश भनिएको छ । तर मलखाद, बिउ बिजनको अभाव छ । जसको कारण किसानको उत्पादनमा कमि आएको छ । मलखाद, बिउको व्यवस्थापन गर्न र किसानको उत्पादन बढाउन मेरो बिशेष योजना छ ।

    ६. पाँच वर्षे कार्यकालमा गर्नु पर्ने महत्वपूर्ण कामहरु अरु के के देख्नु हुन्छ ?
    मधेश प्रदेशको संसदको हैसियतले अघिल्लो सरकारको कार्यकालमा भएका कमजोरीहरुलाई सुधार गर्ने र भ्रष्टचार मुक्त प्रदेश बनाउन प्रयास हुनेछ । प्रदेश सरकारले वर्षेनी टुक्रे बजेटहरु विकास निर्माणमा जथाभावी खर्चेका छन् । योजना र मापदण्ड बनाएर स्थानीय निकायसंग समन्वय गरेर विकास निर्माणका काम गराउने प्रयास गर्छु । मधेश प्रधेश सरकारबाट शिक्षा र स्वास्थ्यमा जुन रुपमा लगानी हुनुपर्ने हो । त्यो भएको छैन । सरकारी निकायमा आम सर्वसाधरण जनताका काम इमान्दारीताका साथ गर्ने वातावरणको बनेको छैन । मधेश प्रदेशलाई विकसित प्रधेशको रुपमा विस्तार गर्ने प्रयासमा मेरो पूर्णरुपले सकारात्मक भूमिका रहन्छ । समान्य परिवारका मानिसहरुको आर्थिक स्थितिलाई उच्च पार्न मेरो समपूर्ण प्रयत्न हुनेछ ।

    ७. तपाईले भनेका कार्य गर्न चुनौति पनि छन् नि ? ती चुनौति ख्याल गर्नु भएको छ ?
    निर्वाचनमा सबै पार्टीका साथीहरु र सबै पार्टीका आम जनताले मेरो कुरामा विश्वास गरी निर्वाचित गराएका छन् । मलाई विश्वास गर्ने आम जनता र साथीहरुको विश्वासलाई कसरी निरन्तर कायम गर्न सक्छु भन्ने मूल चुनौति हो । त्यसै गरी विगतको सरकार भ्रष्टचारमा लुप्त थियो । त्यो ठाउँमा गएर कसरी काम गर्ने ? भ्रष्टचारीहरुको बीचमा ईमान्दारले कसरी समन्वय गरेर अगाडी बढ्ने ? भन्ने चुनौति छन् । ती चुनौतिसंग लड्ने दृढशक्ति सहित अगाडी बढेको छु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑