• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरीमा १३८ को जमानत जोगिएन

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार १५:५१
  • १८७७

    सप्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ जना र प्रदेशसभातर्फ ८० जना गरी कूल एक सय ३८ उम्मेदवारको जमानत जोगाउन नसकेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । जिल्लाका चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभामा ७० जना र प्रदेश सभामा एक सय ६ जना उम्मेदवार रहेका थिए । चार वटा प्रतिनिधिसभाका लागि भएको मतदानमा सत्ता गठबन्धनको नेपाली कांग्रेस र लोसपा, नेकपा एमाले र जसपा तथा जनमत पार्टीका उम्मेदवार बाहेक सबैको जमानत जोगाउन नसकेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा २० जना उम्मेदवार रहेकोमा जसपाका नवलकिशोर साह २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनुभएको छ ।

    यस क्षेत्रमा जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ र नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गर्नुभएको छ । अन्य सबै उम्मेदवारको जमानत नै फिर्ताहुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा ७४ हजार पाँच सय ६ मत खसेकोमा चार हजार तीन सय २१ मत बदर भएको थियो । क्षेत्र नं २ मा १६ जना उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले ३५ हजार ४७ मतले विजयी हुनुभयो । यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत र लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा तीन जना बाहेक अन्य १३ जनाको जमानत फिर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र २ मा ६४ हजार दुई सय १९ मत खसेकोमा ६० हजार नौ सय २१ मत सदर भएको कार्यालयले जनाएको छ । यसैगरी निर्वाचन क्षेत्र नं ३ मा १८ जना उम्मेदवार रहेकोमा नेपाली कांग्रेसका दिनेशकुमार यादव २६ हजार एक सय ६६ मतले विजयी हुँदा एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय र जनमत पार्टीका अनिस अन्सारीले १५ हजार एक सय १४ मत पाउनु भएको छ । त्यसबाहेक सो क्षेत्रमा १५ जना उम्मेदवारको जमानत जोगिएन । यो क्षेत्र मा ७१ हजार एक सय २२ मत खसेकोमा ६६ हजार आठ सय २० मत सदर भएको निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार चार सय ९१ मतले विजयी हुँदा जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत र जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार नौ सय २५ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा १६ जना १३ जनाको जमानत जोगिएन । यो क्षेत्रमा ६९ हजार ९३ मत खसेकोमा पाँच हजार एक सय एक मत बदर हुँदा ६३ हजार नौ सय ९२ मत मात्र सदर भएको थियो । यसैगरी प्रदेश सभातर्फ आठवटा निर्वाचन क्षेत्रका एक सय ६ जना उम्मेदवारमध्ये २६ जनाको मात्र जमानत जोगिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । कूल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारको जमानत जफत भएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उम्मेदवारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ पाँच हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑