• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेसमाथि साइबर आक्रमण : खतरामा अभिव्यक्ति स्वतन्त्रता

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार १३:११
  • १३५७

    वीरगंज । बितेको एक महिना इन्टरनेटसँग सम्बन्धित सुन्दा सामान्य लाग्ने दुई घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पायो । पहिलो, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्जाल ह्याक गरिएको घटना हो । उनको फेसबुक, ट्वीटर एकाउन्ट र इन्स्टाग्राम मात्र होइन, मोबाइल नम्बर र इमेल आइडीमा समेत समस्या देखियो । त्यस्तै अर्को घटना झनै डरलाग्दो छ । चल्तीको न्यूजपोर्टल उकेरा डटकमका केही सनसनीपूर्ण समाचारहरू सम्पादन टीमलाई थाहै नदिई एकाएक डिलिट भए । अनधिकृत रूपमा सीएमएस (कन्टेन्ट म्यानेजम्यान्ट सिस्टम) प्रयोग गरी अदृश्य रूपमा सनसनीपूर्ण लाग्ने केही खोजमूलक समाचारहरू डिलिट भए । उक्त विषयमा उकेरा टीम, पत्रकार महासंघलगायत पेशागत संघ–संस्थाले विरोध जनाए । तर घटनाको वास्तविकता सार्वजनिक भइसकेको छैन । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पेरीफेरीमा भएको यस्ता खाले घटनाले गम्भीर प्रश्न उब्जाएको छ । घटना सामान्य लागे पनि वा आम मानिसहरूले उतिसारो चासो नदिए पनि विषय निकै गम्भीर र खतरा पनि छ । आधुनिक युगमा डिजिटल प्लेटफर्मको प्रयोग अनिवार्य र अपरिहार्य बनिसकेको छ । इन्टरनेटले आम मानिसको दैनिक जीवनसँग सामीप्यता राख्दै अनिवार्य आवश्यकता भइसकेको छ । तर यसले निम्त्याउने जोखिम र चुनौतीका बारेमा सम्बन्धित पक्ष सचेत देखिंदैन । यतिबेला विश्वको पत्रकारिता डिजिटल घेराबन्दीमा छ । साइबर आक्रमणको शिकार बनिरहेको छ । छिटपुट रूपमा भइरहेका घटना भविष्यका लागि निकै घातक र खतरनाक बन्ने देखिन्छ । नेपालमा सामाजिक सञ्जालबाट ठगी गर्ने, बैंकिङ प्रणाली ह्याक गरी रकम निकाल्ने, डाटा चोरी गर्ने र अवैध रूपमा कल बाइपास गर्ने साथै सरकारी तथा निजी कार्यालयका वेबसाइटहरू ह्याक गर्ने क्रम यसअघि पटक–पटक नभएका होइनन् । तर पछिल्ला दिनमा न्यूजपोर्टलको सीएमएस प्रणालीभित्रै छिरेर समाचार डिलिट गर्ने शृंखला शुरु भएको घटना निकै डरलाग्दो छ । कुनै पनि मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका लागि साइबर सुरक्षा निकै महत्वपूर्ण मानिन्छ ।

    तर नेपालको सन्दर्भमा साइबर सुरक्षा र सरकारी नीति प्रभावकारी नहुँदा व्यक्तिगत स्वतन्त्रता मात्र होइन सिंगो प्रेस स्वतन्त्रता नै संकुचनमा पर्ने प्रष्ट देखिन्छ । हुन त नेपालमा इन्टरनेटको बढ्दो प्रयोगले साइबर क्रान्ति नै आएको छ । यसले सकारात्मक र नकारात्मक नतिजाहरू प्रष्ट रूपमा देखिएका छन् । आर्थिक, सामाजिक विकासमा यसको प्रभावकारिता निकै लोभलाग्दो छ ।संचारको गति, अन्तरक्रियात्मक संजाल, विचारमा स्वतन्त्रता, प्रविधिको विकास, इ–कमर्स साथै मनोरञ्जनका क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । तर यसको प्रयोग गलत तरिकाले भइरहँदा चिन्ता बढाएको छ । जसको असर स्वतन्त्र भनिएका न्यूजपोर्टलहरूमा परिरहेको छ । त्यस्ता न्यूजपोर्टलमा पोष्ट भएका कन्टेन्टहरू जुनसुकै बेला डिलिट हुने खतरा बढ्नु निकै चुनौतीपूर्ण मानिएको छ ।यता सामाजिक सञ्जाल अन्तर्गतका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र स्न्यापच्याट आदि विश्वका अग्रणी सञ्जालहरू पनि जोखिममा देखिएका छन् । राज्यद्वारा नियमन र सुरक्षा गर्न निकै ठूलो चुनौती भइरहेको छ । सभ्य, शिष्ट, मर्यादित र जानकारीका रूपमा वा फरक मतका हिसाबले सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीहरू मात्र होइन कुनै पनि व्यक्तिको सञ्जाल नै ह्याक गर्नु साइबर सुरक्षा फितलो भएको प्रमाणित भएको छ । सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका लागि साइबर सुरक्षा महत्वपूर्ण छ भन्ने जान्दा जान्दै पनि नेपालको सुरक्षा निकाय मूकदर्शक बनेको छ । नीतिगत सुधार गर्न र कानुन निर्माणमा ढिलाइ गर्दा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रको गोपनीयता नै धरासायी हुने अवस्था सिर्जना हुने हो कि भन्ने चिन्ता बढेको छ । नेपाल लोकतन्त्रको सबल अभ्यास गर्दै आइरहेको मुलुक हो । संसदीय शासन व्यवस्था भएको देश हो । लोकतन्त्र र संसदीय व्यवस्थामा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र संकुचन कल्पना गर्न सकिंदैन । मिडियाकर्मीको पेशागत र भौतिक सुरक्षाको जोखिम एकातिर रहे पनि साइबर सुरक्षाको खतरा बढेर जानु पक्कै पनि दुःखद र निराशाजनक घटना हो ।

    संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख भएको विश्वकै एक मात्र संविधान नेपालको संविधान हो । विश्वका लागि यो उदाहरण हो । तर प्रेस स्वतन्त्रता नाउँमा हुने अनेक बेथितिहरूलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता खड्किरहेका बेला न्यूजपोर्टलको आन्तरिक मामिला र नागरिकले आफ्ना विचारहरू स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्ने सामाजिक सञ्जाल जस्ता प्लेटफर्महरू कब्जा गर्नु निकै पीडादायी छ । न्यू मिडियाको प्रयोगले अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणा र द्वेष फैलाउने जमातको सक्रियता बढेको भनेर विश्लेषण भइरहँदा आलोचना र घृणा बीचको अन्तर प्रष्ट नहुँदा अन्योल छ । डिजिटल डेमोक्रेसीको व्याख्या र सदुपयोगका बारेमा अर्को अन्योल छ । प्रविधि वा डिजिटल प्लेटफर्म एउटा साधन मात्र हो भन्ने बुझ्न नसक्नु दुर्भाग्य बनिरहेको छ । किनकि फरक मत लोकतन्त्रको एउटा पक्ष हो । फरक र वैकल्पिक मतलाई सम्मान गर्न नसक्ने संस्कार समाजमा व्याप्त हुँदै जानुले साइबर थ्रेट बढाएको छ । यसका लागि बेलैमा साइबर सुरक्षा नीति वा सम्बन्धित कानुनहरूको निर्माण अपरिहार्य भइसकेको छ । डिजिटलमैत्री बन्दै गएको नेपालका मिडियाहरू साइबर आक्रमणको निशानामा पर्नु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्र होइन मानवअधिकार र नागरिक अधिकारमाथि ठाडो प्रहार हो । यसका लागि राज्य पक्ष जिम्मेवार बन्नैपर्छ । सरोकारवाला निकाय उत्तरदायी बन्नैपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑