• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा पनि दल बदलु र स्वतन्त्रहरुलाई फापेन चुनाव

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार १०:४०
  • ५५१३

    वीरगन्ज । मंसिर ४ को निर्वाचनमा पर्सामा पनि चुनावको पूर्वसन्ध्यामा दल परिवर्तन गरेर चुनाव लडेका एक बाहेक अरु सबै उम्मेदवारहरु नमिठो पराजय व्यवहोर्न बाध्य भएका छन् । यसरी पराजित हुने मध्ये केहिले दल नै फेरेर अर्को दलबाट उम्मेदवारी दिएका थिए भने कतिपयले पार्टीबाट टिकट नपाएपछि विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पर्सा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट टिकट नपाएपछि पुर्व जिल्ला सभापति अजय द्विवेलीले प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनि , जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रदीप यादव भन्दा करिब १६ सय कम मत पाएर पराजित भए । पर्सा क्षेत्र नम्बर २ मा चुनावको केहि हप्ता अघि मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जसपाबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार बनेका सुरेन्द्र कुर्र्मीलाई पनि दल फेरेर चुनाव लडेको फापेन । कुर्मी , काँग्रेसका उम्मेदवार अजय चौरसियासग ६ हजार भन्दा बढि मतान्तरले पराजित भएका हुन् । पर्सा क्षेत्र नम्बर ३ मा नेपाल संघीय समाजवादी पार्टी छाडेर नेपाल सुशासन पार्टीका तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार बनेका राज कुमार यादवले पनि जित हात पार्न सकेनन् । उक्त क्षेत्रमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित हुदा यादव भने तेश्रो स्थानमा सिमित हुन पुगे ।

    पर्सा क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेबाट प्रतिनिधीसभा सदस्यकाअ उम्मेदवार बनेका जालीम मियाँलाइ पनि असफलता नै हात लाग्यो ।उक्त क्षेत्रमा काँग्रेसका रमेश रिजाल निर्वाचित हुदा मियाँ भने दोश्रो स्थानमा सिमित हुन पुगे । २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका मियाँ , गत स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए । यस्तै प्रदेशसभा सदस्यमा पनि कतिपय उम्मेदवारले आफु पहिले रहेको दल फेरेर र कतिपयले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर ती मध्ये एक जना बाहेक अरु सबैले पराजय भोगेका छन् । पर्सा क्षेत्र नम्बर १ (१) मा जसपाबाट टिकट नपाएपछि निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवार दिएका थिए । तर उनी तेश्रो स्थानको मत पाउदै पराजित हुन पुगे । यहि क्षेत्रमा काँग्रेसबाट टिकट नपाएपछि सुधिर पटेलले पनि स्वतन्त्र उम्मेदवारी दिएकोमा उनलाइ पनि सफलता हात परेन । पर्सा क्षेत्र नम्बर १ (२) मा लोसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका ओम प्रकाश सर्राफ र शशीकपुर मियाँले पनि पराजय भोग्नु परयो । पर्सा क्षेत्र नम्बर २ (२) काँग्रेस छाडेर राप्रपाका उम्मेदवार बनेपनि प्रमानन्द साह कानुले सफलता पाउन सकेनन् ।उनि चौथो स्थानमा सिमित भए । यहि क्षेत्रमा जसपाबाट टिकट नपाएपछि रुपेशमान सिंह , करिमा बेगम र मुकेश द्धिवेदीले पनि स्वतन्त्र उम्मेदवारी दिएपनि उनिहरु सबै जना पराजित भए ।

    पर्सा क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यको नजिता भने जिल्लाभरमै फरक आएको छ । यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर पनि प्रमोद जयसवालले बाजी मारेका छन् । जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका जयसवाल निर्वाचित भएका हुन् । जिल्लामै स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने उनि मात्रै एक्ला उम्मेदवार हुन् । यस क्षेत्रमा जसपा छाडेर नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान प्रदेशसभा सदस्य अब्दुल रहीम अन्सारी पनि पराजित भएका छन् । यस्तै जसपा छाडेर नेपाल सुशासन पार्टीका उम्मेदवार बनेका शीव कुमार साहलाई पनि दल फेरेर चुनाव लडेको फापेन । यसैगरि काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रकिशोर चौधरीलाइ पनि असफलता नै हात लाग्यो ।

    पर्सा क्षेत्र नम्बर ३ (२) मा मनोनयन दर्ताकै दिन नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादी पार्टीको उम्मेदवार बनेका निवर्तमान प्रदेशसभा सदस्य प्रहलाद गिरि पनि पराजित भए । २०७४ को निर्वाचनमा जसपा (तत्कालीन संघीय समाजवादी पार्टी) बाट निर्वाचित भएका गिरि, मंसिर ४ को निर्वाचनको मिति घोषणा भएलगतै जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । तर एमालेले उनलाई उम्मेदवार नबनाउने भेउ पाएपछि उनि मनोनयन दर्ताकै दिन नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेर उक्त पार्टीको उम्मेदवार बनेका थिए । यहि क्षेत्रमा जसपाबाट टिकट नपाएपछि नेपाल सुशासन पार्टीको उम्मेदवार बनेका गौरीशंकर साहलाई पनि दल फेरेर चुनाव लडेको फापेन । उनि पनि पराजित हुन पुगे । पर्सा क्षेत्र नम्बर ४ (१ ) मा जसपाबाट टिकट नपाएपछि वीरेन्द्र यादव र जरी लामा दुवैले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनिहरु पनि पराजित हुन पुगे । साभाल : मधेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑