• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुदूरपश्चिम प्रदेशमा समानुपातिकबाट सत्र महिला

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार ०९:४६
  • २०८९

    वीरगंज । प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रहेको सुदूरपश्चिम प्रदेशमा समानुपातिकबाट १७ जना महिलाको प्रदेश सभामा प्रतिनिधित्व हुँदै छ। प्रत्यक्षमा महिलालाई टिकटबाट वञ्चित गरेका राजनीतिक दलहरूले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु-याउन समानुपातिकबाट १७ जना महिलालाई प्रदेश सभा सदस्यका लागि छान्न लागेका हुन्। नेपालको संविधानले महिलाको प्रतिनिधित्व कम्तीमा ३३ प्रतिशतसम्म हुनुपर्ने व्यवस्था गरेको छ। प्रदेश सभामा जम्मा ५३ जना प्रदेश सभा सदस्य रहनेछन्। जसको लागि ३२ जना प्रदेश सभा सदस्य प्रत्यक्षबाट निर्वाचित भइसक्नु भएको छ। बाँकी २१ जना प्रदेश सभा सदस्य समानुपातिक प्रणालीबाट छानिँदै हुनुहुन्छ। २१ मध्ये १७ जना महिला रहनुहुनेछ। प्रत्यक्षतर्फ कांग्रेसले १२, माओवादीले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमाले र एकीकृत समाजवादीले तीन–तीन र स्वतन्त्रले एक निर्वाचन क्षेत्रमा जितेका छन् तर समानुपातिकतर्फको हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रदेशमा समानुपातिक सिट सात/सात पाउने देखिएको छ। यसैगरी माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, नेकपा (एकीकृत समाजवादी) एक सिट पाउने देखिएको छ। यसैगरी प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपाले समानुपातिकमा भने एक सिट प्राप्त गर्ने देखिएको छ। निर्वाचन कार्यालयका अनुसार यो प्रदेशमा आठ लाख ३८ हजार ८९४ मत सदर भएको छ। जसमध्ये नेकपा (एमाले)ले सबैभन्दा बढी दुई लाख ४८ हजार ८४० मत पाएको छ।

    कांग्रेसले दुई लाख ४३ हजार ३९ मत पाएको छ। नेकपा (माओवादी केन्द्र)ले एक लाख १८ हजार ९०३ मत, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५४ मत पाएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३ हजार ८०८ मत र नेकपा (एकीकृत समाजवादी) ले ४१ हजार ८३९ मत पाएका छन्। दलहरूले प्राप्त गरेको मतको आधारमा समानुपातिक सिट बाँडफाँट गर्न लागिएको छ। प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ अनुसार आफूले प्राप्त गरेको सिटमा दलहरूले जनजातिबाट ३.६१ प्रतिशत, खसआर्यबाट ६०.०२ प्रतिशत, थारूबाट १७.२१, दलितबाट १७.२९, मधेसीबाट १.६४ र मुस्लिमबाट ०.२३ प्रतिशत उम्मेदवार छानेर समावेशी बनाउनुपर्नेछ। यसरी छान्दा अल्पसङ्ख्यक समुदायबाट २.३७ प्रतिशत र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशत उम्मेदवारको नाम समावेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। समानुपातिकमा सात सिट प्राप्त गर्दा नेपाली कांग्रेसले खसआर्यबाट चार जना, दलित, थारू र पिछडिएको क्षेत्रबाट एक/एक जना छनोट गर्नेछ। निर्वाचन आयोगमा सो पार्टीले बुझाएको बन्दसूचीअनुसार खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुनाकुमारी दानी र डम्मरा छनोट हुनुहुनेछ। यस्तै दलितबाट ललिता सुनार र थारूबाट गीताकुमारी चौधरी छनोट हुनुहुनेछ। पिछडिएको क्षेत्रबाट धनबहादुर बुढा प्रदेश सभामा प्रवेश गर्नुहुनेछ। कांग्रेसबाट छ जना महिलाको प्रतिनिधित्व हुनेछ। यस्तै नेकपा (एमाले)ले पनि पाएको सात सिटका लागि खसआर्यबाट चार, दलित, थारू र पिछडिएको क्षेत्रबाट एक/एक जनाको प्रतिनिधित्व गराउनेछ। एमालेबाट तीन जना महिलाको प्रतिनिधित्व हुनुपर्नेछ। जसअनुसार सन्तोष शर्मा, जानकी बम, दलितबाट राधिका भुजेल वा हीरा सार्की छनोट हुने सम्भावना छ। खसआर्यमै राजेन्द्र रावल वा धर्म पाठकको सम्भावना रहेको छ।

    थारूबाट कुलवीर चौधरी वा कोइली चौधरी छनोटमा पर्नु हुनेछ। त्यस्तै पिछडिएको क्षेत्रबाट भरत साउद वा निर्मला साउदमध्ये एक जना छनोट हुनुहुनेछ। यसैगरी माओवादी केन्द्रले पाउने तीन सिटमा महिला मात्रै छान्नु पर्नेछ। जसअनुसार खसआर्यबाट गीतादेवी माल, जानकीदेवी कुँवर र दलितबाट लक्ष्मी विक प्रदेश सभा सदस्य बन्ने सम्भावना देखिन्छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ पाएको दुई सिटमा महिला त्यो पनि खसआर्यबाट छनोट गर्नुपर्नेछ। सो पार्टीले आयोगमा बुझाएको बन्दसूचीअनुसार खसआर्यबाट टीका थापा र इन्दिरा गिरी प्रदेश सभा सदस्य बन्नुहुनेछ। नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पाउने अवस्था छ। सो पार्टीले पाएको सिटमा खसआर्यबाट महिलाको प्रतिनिधित्व गराउनुपर्ने भएकाले माया पन्त प्रदेश सभा सदस्य बन्ने सम्भावना छ। यसैगरी प्रत्यक्षतर्फ चुनाव जित्न नसके पनि समानुपातिकमा एक सिट पाएको राप्रपाले खस आर्यबाट पूर्णबहादुर चन्दलाई छान्ने सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑