• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समानुपातिकको मतगणना सकिनै लाग्यो : निर्वाचन आयोग

  • वीरगंज संजाल
  • २० मंसिर २०७९, मंगलवार १८:०८
  • १७७७

    वीरगंज । निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आँकलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ । प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको बताउनुभयो ।आयोगको विवरण अनुसार हालसम्म एक करोड पाँच लाख ५० हजार ६७ मत गणना भइसकेको छ । केही स्थानमा गणना जारी रहेकाले अहिले नै कति गणना भयो र कति बाँकी छ भन्न नसकिने प्रवक्ता वाग्लेको भनाइ छ । मतगणनाको पछिल्लो अध्यावधिक विवरण अनुसार नेकपा (एमाले) अगाडि रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । एमालेले २८ लाख ५४ हजार ६४१ मत ल्याएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा)ले पाँच लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेको छ । यसैगरी, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक लाख ६७ हजार ३६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ र हाम्रो नेपाली पार्टीले ५५ हजार ७४३ मत ल्याएको छ । त्यस्तै, समानुपातिकतर्फ प्रदेशगत विवरण हेर्ने हो भने प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि रहेको छ भने मधेश प्रदेशमा मात्रै कांग्रेस अगाडि रहेको छ । मङ्गलबार अपराह्न ५ बजेसम्मको अध्यावधिक विवरण यस प्रकार छ :

    प्रदेश १ : यस प्रदेशमा १८ लाख ९९ हजार १४४ मत गणना हुँदा एमालेले छ लाख ६५ हजार ४६० मत ल्याउदा कांग्रेसले पाँच लाख ६२ हजार ९५६ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले एक लाख ९८ हजार ५११, माओवादी केन्द्रले एक लाख ८१ हजार २४५, जसपाले ६१ हजार ७२३, नेकपा एसले ५५ हजार ९५७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५३१ मत ल्याएको छ । मधेश प्रदेश : यस प्रदेशमा २० लाख ८६ हजार २९८ मत गणना हुँदा कांग्रेसले चार लाख १४४ मत प्राप्त गरी पहिलो स्थान ओगटेको छ । त्यस्तै, एमालेले तीन लाख ५१ हजार ७६८ मत ल्याएको छ । यसैगरी, जनमत पार्टीले तीन लाख २९ हजार १७७, जसपाले दुई लाख ९८ हजार ७७४, माओवादी केन्द्रले एक लाख ८० हजार ८६०, नेकपा एसले एक लाख १३ हजार ९१५ र लोसपाले एक लाख १३ हजार ३६४ मत ल्याएको छ । साथै, राप्रपाले ६५ हजार ५४, नेपाल सङ्घीय समाजवादी पार्टीले ५० हजार १८८ र नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ७०५ मत प्राप्त गरेको छ । बागमती प्रदेश : यस प्रदेशमा १९ लाख ३७ हजार १८ मत गणना हुँदा नेकपा (एमाले)ले पाँच लाख ९४ हजार ५२१ मत प्राप्त गरी अगाडि रहेको छ । कांग्रेसले पाँच लाख ९४ हजार २६१, माओवादी केन्द्रले दुई लाख ८५ हजार २७६ र राप्रपाले दुई लाख ७५ हजार ५३२ मत प्राप्त गरेको छ । त्यस्तै, नेमकिपाले ६८ हजार ७९६, नेकपा एसले ६८ हजार १०१ र हाम्रो नेपाली पार्टीले ४७ हजार ८९३ मत ल्याएको छ ।

    गण्डकी प्रदेश : गण्डकी प्रदेशमा नौ लाख ८५ हजार ८०२ मत गणना हुँदा एमालेले तीन लाख ६७ हजार ९८९ मत प्राप्त गरेको छ । कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादी केन्द्रले एक लाख १६ हजार ९४५, राप्रपाले ५९ हजार ४८३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३७, नेकपा एसले १५ हजार ७६, राष्ट्रिय जनमोर्चाले १४ हजार ९४०, मंगोल नेशनल अर्गनाइजेशनले ११ हजार ६३६ र जसपाले पाँच हजार ७५७ मत ल्याएको छ । लुम्बिनी प्रदेश : लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना हुँदा एमालेले पाँच लाख ७० हजार ९२१ मत प्राप्त गरी पहिलो बनेको छ । कांग्रेसले चार लाख ९९ हजार ९८६ मत ल्याइ दोस्रो बनेको छ । माओवादी केन्द्रले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६, नेकपा एसले ४२ हजार ६२१, लोसपाले २७ हजार ६३१ मत ल्याएको छ । कर्णाली प्रदेश : कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार ८२९ मत गणना हुँदा एमालेले एक लाख ८३ हजार ९५० र कांग्रेसले एक लाख ७० हजार ७५६ मत ल्याएको छ । त्यस्तै, माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९, नेकपा एसले ३५ हजार ८२६ र नेमकिपाले आठ हजार ९९३ मत ल्याएको छ ।सुदूरपश्चिम प्रदेश : यस प्रदेशमा आठ लाख ९६ हजार ३८६ मत गणना हुँदा एमालेले दुई लाख ७४ हजार ६७५ मत प्राप्त गर्दा कांग्रेसले दुई लाख ६९ हजार ५६४ मत ल्याएको छ । माओवादी केन्द्रले एक लाख २१ हजार ४३१, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९, राप्रपाले ४४ हजार २३३ र नेकपा एसले ४३ हजार ८१९ मत ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑