वीरगंज । आज बिहान भारतीय पक्षबाट बन्द रहेको पुल दुई घन्टापछि खुलाइएको छ । भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो ।
हिजो नेपाली नागरिकले सिमा पुल बन्द गरेका थिए । नियमित रूपमा बिहान ७ बजे सञ्चालन हुने सीमा पुल नेपाल क्षेत्रबाट समयमै ताल्चा खोलिएको थियो । भारतीय क्षेत्रमा भनदे आज बिहान ९ बजेपछि मात्र पुल खोलिएको पुलघाटमा खटिएका नेपाली सुरक्षाकर्मिले बताएका छन् ।
९ बजेपछि भने सीमा पुलमा दुवै देशका नागरिक सहज रूपमा आवतजावत गरिरहेका छन् ।