वीरगंज । टिपरले मोटरसाइकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट बुटवल उपमहानगरपालिका- १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिने टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।