वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ झखरा गाँउकी अपाङगता भएकी एक दलित बालिकालाई सामाजिक अभियन्ताको पहलमा ह्वील चेयर सहयोग गरिएको छ । वीरगन्जका सामाजिक अभियन्ता बृजेश्वर प्रसाद चौधरीको पहलमा वीरगन्जको दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरले ती बालिकालाई ह्वील चेयर प्रदान गरेको हो ।
सोमबार बिहान झखरा स्थित ती बालिकाको घरमै पुगेर सामाजिक अभियन्ता चौधरीले बालिकालाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् । चौधरीले आफनो तर्फबाट ती बालिकालाई एक थान ज्याकेट र एक थान पाइन्ट तथा विपिन गुप्ताले एक थान ज्याकेट ,
एक थान पाइन्ट र विनिता गुप्ताले पनि एक थान स्कूल ब्याग र शैक्षिक सामाग्री सहयोग गरेका छन् । त्यसअवसरमा संचारकर्मी दिनेश मिश्रा,कन्हैया पटेल,जयप्रकाश महतो केवट, सुरेन्द्र यादव,राज कुमार सार्राफ ,जवाहिर साह सार्राफ लगायतको पनि उपस्थिति रहेको थियो।